चिनियाँ र भारतीय विदेशीमन्त्रीको भ्रमणलाई सांसदले गरे रैती र मालिकसँग तुलाना

0

काठमाण्डौं – हालै सम्पन्न भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशीमन्त्री वाङ यीको नेपाल भ्रमणको विषयलाई लिएर बिहीबार संसद बैठकमा फरक तरिकाले चर्चा चल्यो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले भारतीय विदेशमन्त्री भ्रमणमा आउँदा स्वागत गर्न परराष्ट्र सचिव शंकरदास बैरागीलाई र चिनियाँ विदेशमन्त्री वाङ यी आउँदा स्वागत गर्न राज्यमन्त्री पठाएर रैती र मालिकको जस्तो व्यवहार गरेको बताए । उनले बिहिबारकाे संसद बैठकमा विशेष समयमा बाेल्दै साे कुरा बताएका हुन् । चिनिया विदेशमन्त्रीलाई भारतका भन्दा सरकारले बढी महत्व दिएकाे भनाइ उनकाे थियाे ।

सांसद सिंहले दुवै छिमेकी राष्ट्रसँगको सम्बन्ध बराबरीमा राख्नुपर्नेमा दुईतिहाईको सरकारले औपचारिक भ्रमणमा समेत परराष्ट्र नीतिको उल्लंघन गरेको बताए । उनले चाइनाको बीआरआई र अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिबारे सरकारले स्पष्ट धारणा पार्न सरकारसँग माग गरे ।

‘नेपाल बीआईआरको पार्ट हो वा होइन ?’ सिंहले सरकारलाई प्रश्न गरे, ‘सरकार भन्छ, हामी इण्डो–प्यासिफक रणनीतिमा संलग्न छैनौं, तर अमेरिकाले नेपाल संलग्न छ भन्छ, यो के हो ? सरकारले स्पष्ट पार्नुपर्छ ।’

त्यस्तै सत्तारुढ नेकपाकी सांसद पम्फा भुसालले नोभेम्बरमा हुन लागेको नेपालको सशस्त्र प्रहरीले अमेरिकी सेनासँग प्रशिक्षण कार्यक्रम रद्द गर्न सरकारसँग माग गरेकी छन् । भुसालका अनुसार आगामी नोभेम्बर ४ देखि १५ मा नेपाली सशस्त्र प्रहरीसँग अमेरिकी सेनाले एउटा हाइअल्टिच्युड प्रशिक्षण अन्नपूर्ण क्षेत्रमा र अर्को स्वीफ्ट वाटरसम्बन्धी प्रशिक्षण चितवनको कुरिनटारमा गर्ने प्रस्तावसहित अमेरिकाले पत्र पठाएको बताइन् । इन्डोप्यासिफिक रणनीति विवादस्पद रहेको भन्द्र प्रस्ताव रद्द गर्न उनले माग गरिन् ।

साथै बिहीबार प्रतिनिधिसभाको विशेष समयमै बोल्दै सांसद पम्फा भुसालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीसँग होटलमा गरेको भेट र कुराकानीबारे जानकारी गराउन सरकारसँग अमेरिकी राजदूतावासले स्पष्टीकरण सोधेको खबरबारे सरकारले जवाफ दिनुपर्ने माग गरिन् । वाङसँगको भेटमा सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले इन्डोप्यासिफिकमा नेपाल संलग्न हुन नसक्ने बताएको समाचार आएको थियो ।

दुईतिहाईको सरकार भएको बेला पनि विदेशीले हेपाह दृष्टि र व्यवहार राख्नुलाई स्वभाविक मान्न नसकिने भन्दै संसदमा उठेको प्रश्नको जवाफ दिन सरकार पछि हटदाको परिणाम देशले व्यवहोरिरहेको बताइन् ।

Leave A Reply

Your email address will not be published.