विप्लव पुत्र प्रकाशसहित अठारै जना थुनामुक्त

0

काठमाण्डौं – मेडिकल कलेजहरुले चिकित्साा शिक्षा अध्ययनरत विद्यार्थीलाई अवैधरुपमा चर्को शुल्क लिइरहेको र मेडिकल शिक्षालाई दालली र माफियाकरण गरिरहेको भन्दै शिक्षालाई सहज र सर्वशुलभ बनाउन माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका बेल गिरफ्तार अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव प्रकाश चन्दसहित १८ जनालाई बिहीबार बिहान चितवन प्रहरीले थुनामुक्त गरेको छ ।

बुधबार बिहान ९ः३० बजेतिर उनीहरुलाई प्रदर्शन गरिरहेकै समयमा चितवन प्रहरीले भरतपुरस्थित चितवन मेडिकल कलेजको परिसरबाट गिरफ्तार गरेको थियो । गिरफ्तारपछि मुद्दा चलाउने कि नचलाउने भन्ने २४ घण्टासम्म चलेको छलफलपछि नचलाउने निर्णयसाथ सबैलाई हिरासतबाट थुनामुक्त गरिएको प्रहरीले जनाएको छ ।

गिरफ्तारमध्ये ७ जना महिना प्रदर्शनकारी थिए । बुधबारको प्रदर्शन कार्यक्रम चन्द नेतृत्वमा गठित ‘चिकित्सा शिक्षा संघर्ष अभियान’ भदौ ५ गते नै घोषणा गरेको थियो । सोही अनुसार चितवन मेडिकल कलेजमा प्रदर्शन भएको थियो । चन्द सोही कलेजका विद्यार्थी समेत हुन् ।

Leave A Reply

Your email address will not be published.