प्रेस नियन्त्रण गर्ने १० मुख्य देशको सूची सार्वजनिक

0

एजेन्सी \ वासिङटन – प्रेस नियन्त्रण गर्ने संसारका मुलुकहरुको पहिलो सूचीमा एरिट्रिया परेको छ । पत्रकारहरुलाई संरक्षण गर्ने अमेरिकी संस्था (सिपिजे) ले सार्वजनिक गरेको रिपोर्टमा यस्तो उल्लेख छ ।

प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने १० मुख्य देशको सूची सार्वजनिक भएको हो । जहाँ चीन, उत्तर कोरिया र साउदी अरेबिया पनि छन् । प्रेस नियन्त्रणमा अति खराब तीन मुलुकमा एरिट्रिया, उत्तर कोरिया र तुर्केमिन्स्तान छन् ।

साउदी अरेबिया, चीन, भियतनाम, र इरान क्रमशः चौथोदेखि सातौं सूचीमा छन् । पत्रकारमाथि गरिने व्यवहार जस्तै, पक्राउ, धम्की, अवहेलना जस्ता व्यवहारलाई अनुसन्धानको सूचक बनाइएको थियो ।

गिनी, बेलारुस र क्युबा पनि खराब १० सूचीमा छन् । सिपिजेका अनुसार सिरिया, यमन जस्ता युद्ध प्रभावित मुलुकमा पत्रकारिता गर्न जोखिम भए पनि सरकारी तवरबाट खासै नियन्त्रित छैन । सिरिया, यमन जस्ता मुलुकलाई प्रेस नियन्त्रक खराब १० देशको सूचीमा राख्नु आवस्यक नभएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.