हामी किन विश्वास गर्छौं ‘फेक न्युज’ ?

0

बीबीसी – अहिलेको समयमा मान्छेले सबै विषयमा आफूले सम्हाल्न सक्ने भन्दा बढी जानकारी प्राप्त गरिरहेका हुन्छन् । तर दोस्रो स्रोतबाट प्राप्त जानकारीहरु भए पनि हामी तिनैका आधारमा सबै कुराको मूल्याङ्कन गरिरहेका हुन्छौँ । यसमा पनि सामाजिक जानकारीले सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ अर्थात हामी अरुले के सोचिरहेका छन् भन्ने कुरामा बढी केन्द्रित भइरहेका हुन्छौँ ।

जस्तै कि हामी मान्छेले भरिएको एउटा सिनेमा हलभित्र छौँ र अचानक मानिसहरु डराए जस्तो देखिएर बाहिर निस्कन खोजिरहेका छन् भने हाम्रो दिमागमा पनि केही नराम्रो हुन लागेको र आफू पनि तुरुन्तै सबैसँग बाहिर निस्कनुपर्ने सोच आउँछ । आधिकारिक रुपमा खतराबारे कुनै जानकारी नआए पनि त्यहाँका भीडको सोचभन्दा फरक हुने आँट प्रायः कसैमा हुँदैन जबकि ती मानिसहरुको आंकलन गलत पनि हुन सक्छ । यसरी मान्छेमा अर्को व्यक्तिको दिमागमा के चलिरहेको छ भन्ने महसुस गर्नका साथै अरुको सोचमा प्रभाव पार्न सक्ने क्षमता पनि हुन्छ ।

यस्तोमा अहिलेको डिजिटल परम्परा पनि यही गतिमा अघि बढिरहेको छ अर्थात् हामी समाज, राष्ट्र, कुनै समुदाय, कुनै व्यक्तिलगायत जोसुकैका बारेमा सत्य थाहा पाउन सार्वजनिक जानकारीमै भर परिरहेका हुन्छौँ । र कतिपय अवस्थामा हामी गलत कुराबाट प्रभावित भइरहेको भन्ने पनि थाहा पाउदैनौँ ।

डेनमार्ककका अनुसन्धानकर्ता, भिन्सेन्ट एफ हेनड्रिक्स र पेल जी हानसेनले यस भयावह प्रक्रियालाई ‘सूचनाको तूफान’ भन्ने नाम दिएका छन् । यसमा अधिक धेरै सामाजिक जानकारीको अचानक र अस्थायी प्रवाहबाट प्रभावित भइ हामी फेक न्युजमा विश्वास गर्न थाल्छौँ । जसमा प्रायः सबैले हामी सत्यलाई नियन्त्रित गर्न सक्ने शक्तिहरुको युगमा पुगिसकेका छौँ भन्ने बिर्सिरहेका हुन्छन् र अप्रत्यक्ष रुपमा गलत सूचनासँग तर्कसंगत भइ भयावह समाचार साइटहरुलाई हौसला दिने काम गरिरहेका हुन्छौँ । यसकारण पनि अनलाइनमा हुने विभाजन र फेक न्युजले व्यापकता पाइरहेको अनुसन्धानकर्ताहरुको भनाइ छ ।

उदाहरणका लागि एउटा गलत र शंकास्पद समाचार सामाजिक संजालमा फैलिरहेको छ भने सबैभन्दा पहिले यसलाई शेयर गर्नेमध्ये थोरै मानिसले मात्र सो खबरप्रति प्रश्न उठाइरहेका हुन्छन् । त्यो जानकारी स्वयंले प्राप्त नगरेको र अज्ञात श्रोतबाट आएका हुनाले पनि उनीहरु अन्य ठाउँ यसबारे खोजी गरेर हेर्छन् । धेरैतिर त्यस सम्बन्धी दाबी गरेको भेटेमा निश्चित हुँदै शेयर गर्छन् । तर पछिल्लो समय मानिसहरुले सत्य थाहा पाउन अझ सजिलो तरिका अपनाइरहेको पाइएको छ । त्यो हो आफैँ खोजी नगरेर नजिकका मानिससँग तिनको धारणा सोध्ने र त्यहि आधारमा कुनैपनि खबरप्रति सजिलै विश्वास गर्ने ।

यसरी तथ्याङ्क र जानकारीहरु अरुको विचारमा आधारित भइ अवलोकन गर्नुले पनि अनलाइनमा फेक न्युजको छुट्टै दुनियाँ सिर्जना गराएको मानिन्छ । हुन त वास्तविक घटनाबारे स्वयं पत्ता लगाउन असम्भव भएकै कारण गुगलको वेबसाइट निर्माण गरिएको हो । हेन्ड्रीक्स र हानसेनका अनुसार यदि हामीसँग कुनै समस्या समाधान गर्न पर्याप्त जानकारी छैन र समय पनि कम छ भने हामी गुगलमा भएका सामाजिक प्रमाणमा भर पर्न र अरुको सोचको नक्कल गर्न सक्छौँ ।

खासगरी अहिले जहाँतहिँ अनलाइन वेबसाइट कम्पनीहरु सामाजिक सूचनालाई खरबौँ बाइट्सको लाभकारी स्रोतमा बदल्ने प्रयासमा लागि परेका छन् । यसमा अनलाइन युजरले साइट हेर्ने दर, समीक्षा, रेटिङ, कतिपटक क्लिक गरियो, कति लाइक आयो र कस्तो प्रभाव पार्यो भन्ने कुराले नै डिजिटल दुनियाँलाई जिवित राखिरहेको छ । यसकारण पनि उनीहरु यिनै कुरालाई बढावा दिनमा धेरै केन्द्रित हुन्छन् । त्यसैले जति धेरै समय हामीले यसमा बितायौँ तिनको मूल्य पनि त्यति नै उच्च हुँदै जान्छ । यसरी जुन विषयले सार्वजानिक संकेत प्राप्त गर्छ उनीहरु त्यसैमा जोड दिइरहेका हुन्छन् ।

उसो भए अनावश्यक जानकारी र सूचनालाई कसरी सम्हाल्ने त ? सामाजिक अवस्थामा हामीले झुटा जानकारीलाई विश्वसनीय नयाँ सूचना शेयर गरेर मात्र हटाउन सक्छौँ । त्यस्तै हामीले झुक्किएर कुनै हल्ला सुरु गर्यौँ वा गलत जानकारी शेयर गरिरहेका छौँ भनेपनि सबै द्विविधा हटाउन तुरुन्तै सत्य स्वीकार्नु पनि धेरै प्रभावकारी हुन सक्छ । यसैगरी कुनैपनि अप्रत्यासित खबरबारे निश्चित प्रतिक्रिया नजनाइ प्रमाण प्राप्त भइसकेपछि मात्र आफ्नो सोच बनाउनु र शंकास्पद खबर पुष्टि नहुन्जेल आफूलाई त्यसमा संलग्न नगराउनु पनि फेक न्युजबाट बच्ने अर्को उपाय हो ।

Leave A Reply

Your email address will not be published.