अमेरिकालाई अधिक क्षति पुर्याउने तालिवानको चेतावनी

0

एजेन्सी – अफगानिस्तानको विद्रोही शक्ति तालिवानले अमेरिकाको व्यवहार अधिक क्षति उसैलाई पुग्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग हुँदै आएको वार्ता र यसअघिको सहमति रद्द गरेपछि तालिबानले आक्रोशपूर्ण प्रतिक्रिया दिएका हुन् ।

तालिबानले अमेरिकालाई चेतावनी दिँदै भनेको छ कि–वार्ता रद्द गर्दा अमेरिकालाई नै घाटा हो, उसले धेरै कुरा गुमाउन पर्नेछ । दुई दिनअघि राष्ट्रपति ट्रम्पले तालिवानसँगको वार्ता र सहमति भंग गरेको घोषणा गरेका थिए ।

त्यससँगै अफगानिस्तानमा तैनाथ रहेको अमेरिकी सेनामध्ये ५४ सय जना २० हप्ताभित्र फिर्ता लैजाने तालिवानसँग सहमति भएको थियो । सहमति भंगसँगै सेना फिर्ताँ लैजाने विषय अन्यौलमा परेको छ ।

यस्तैबीच तालिवानले सहमति रद्द गर्ने अमेरिकाले लिएको निर्णयले अमेरिकालाई नै अधिक क्षति हुने चेतावनी तालिवानले सोमबार दिएको हो । तालिवान १८ वर्षदेखि अमेरिकी सेना फिर्ता हुनुपर्ने र पूर्णअधिकार प्राप्त गर्ने विषयलाई कुण्ठित गर्न नहुने माग गर्दै संघर्षरत छ ।
ट्रम्पले भने अफगानिस्तानको राजधानी काबुलमा साता दिनपहिले भएको आक्रमणको जिम्मा तालिबानले लिएपछि वार्ता तथा भएको सहमति रद्द गरेको जनाएका छन् । सो आक्रमणमा एक अमेरिकी सैनिकको ज्यान गएको थियो । हाल अफगानिस्तानमा झण्डै १४ हजार अमेरिकी सेना छन् ।

तालिबानसँगको वार्तामा अमेरिकाको तर्फबाट नेतृत्व गरेका अफगानमूलका अमेरिकी कूटनीतिज्ञ जल्मय खलिलजादले गएको सोमबार टेलिभिजन अन्तर्वार्ताको क्रममा सहमतिबारे बताएका थिए । सो सहमतिमा राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अन्तिम स्वीकृति मिल्न बाँकी थियो, त्यसकै लागि आइतबार तालिबानका नेतासँग उनको भेट हुने तयारी थियो । तर ट्रम्पबाट रद्दको घोषणा आएको थियो ।

खाडी देश कतारमा नौ चरणमा भएको वार्तामा अमेरिका र तालिबान सहमतिमा पुगेको खलिलजादले टोलो न्युजलाई दिएको अन्तर्वार्तामा बताएका थिए ।

तालिबानले अफगान सरकार अमेरिकाको कठपुतली रहेको आरोप लगाउँदै उसँग वार्ता नगर्ने बताउँदै आएका छन् । अमेरिकाले सन् २००१ देखि नै अफगानिस्तानमा आफ्नो सैन्य गतिविधि गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.