मध्यराति झापामा बम बिस्फोट

0

झापा – झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम बिस्फोट भएको छ ।

गएराति गाडीमा बम बिस्फोट भएको हो । राति साढे १२ बजेतिर गाडीलाई लक्षित गरी बम प्रहार हुँदा गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । बम बिस्फोटनबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बिस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । तर प्रहरीले भने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको हुन सक्ने अनुमान गरेको छ ।

Leave A Reply

Your email address will not be published.