काठमाण्डौं आइपुगे चिनियाँ विदेशमन्त्री वाङ यी

0

काठमाण्डौं – चिनियाँ विदेशमन्त्री वाङ यी काठमाण्डौं आइपुगेका छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमण लागि वाङ यी आइतबार साँझ काठमाण्डौं आइपुगेका हुन् ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा दुई मुलुकका परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय हितका विविध विषयमा छलफल हुने पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

उनले चीनको विकासबाट नेपालले बढीभन्दा बढी लाभ लिने गरी चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल केन्द्रित गर्ने नेपाल सरकारको योजना पनि बताए ।

छलफलमा विगतमा गरिएका रेल सेवा सञ्‍चालन, पारवहन सम्झौताको कार्यान्वयनका विषयलाई पनि जोड दिन लागिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमण गरेको दुइ हप्ता नबित्दै चीनका विदेशमन्त्री वाङले नेपालको औंपचारिक भ्रमण लागि आएका हुन् । चिनियाँ विदेशमन्त्री वाङको सो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको तयारीको रुपमा पनि हेरिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले पनि चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने तय भएपनि समय भने निश्चित नभएको बताएका थिए ।

Leave A Reply

Your email address will not be published.