मुगाबेको सम्मानमा राष्ट्रिय शोक दिवस र राष्ट्र नायक घोषणा

0

हरारे – जिम्बाब्वेका राष्ट्रपति इम्मर्सन मनाङ्ग्वाले पूर्वराष्ट्रपति रोबर्ट मुगाबेलाई राष्ट्र नायक घोषणा गरेकबा छन् । उनको अन्त्येष्टी नगर्दासम्म राष्ट्रिय शोक घोषणा गरिएको पनि राष्ट्रपति मनाङ्ग्वाले बताएका छन् ।

मुगाबेको गत अप्रिलदेखि सिंगापुरमा उपचार भइरहेकोमा गत शुक्रबार बिहान ९५ वर्षको उमेरमा उनको निधन भएको थियो । राष्ट्रका नाममा सम्वोधन गर्दै राष्ट्रपति मनाङ्ग्वाले राष्ट्र नायक र राष्ट्रिय शोक घोषणा गरेका हुन् ।

देशको स्वतन्त्रता अगाडी वा पछाडी मुगाबेले देश र जनताका लागि ठूलो योगदान गरेको उनले स्मरण गरे । उनले पूर्वराष्ट्रपति मुगाबेलाई आफ्नो गुरु र सल्लाहकारको संज्ञा पनि दिए ।

जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निवार्चित भएका थिए । यनले करिब चार दशक देशमा शासन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.