चीनमा मात्रै ४० लाखभन्दा बढी नर्स

0

एजेन्सी – पछिल्लो समयमा चीनमा हाल नर्सहरुको संख्या ४० लाखभन्दा बढी रहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

सत्तरी वर्षअघि चीनमा नर्सको संख्या मुश्किलले ३० हजार रहेको थियो भने पछिल्ला वर्षमा नर्सहरुको संख्या तिब्र गतिमा वृद्धि भइरहेको छ ।

सन् १९४९ मा नयाँ चीन स्थापना हुँदा ३० हजार रहेको नर्सको संख्या सन् १९७८ मा चार लाख पुगेको थियो। सन् २०१८ को अन्त्यसम्ममा नर्सको संख्या ४० लाख नाघेको राष्ट्रिय तथ्यांकमा उल्लेख छ ।

आयोगद्वारा शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा देशका कूल स्वास्थ्यकर्मीमध्ये आधाभन्दा बढी नर्सहरु रहेको समेत जानकारी दिइयो ।

पछिल्लो समय चीनमा बृद्धबृद्धाको संख्या बढी रहेका बेला नर्सहरुको संख्या समेत तिब्र रुपमा बढेको हो। सरकारी तथ्यांक अनुसार अहिले चीनमा ६० बर्ष उमेर समूहका व्यक्तिहरुको संख्या मात्रै २५ करोड भन्दा माथि रहेको छ ।

Leave A Reply

Your email address will not be published.