प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, नियमित काम गर्न सक्ने

0

काठमाण्डौं – सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल (एनयुएच) मा १५ दिन उपचार गराएर शुक्रबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीको निजी चिकित्सकले जनाएकी छन् ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र प्रधानमन्त्री ओलीले आफ्नो कामलाई निरन्तरता दिन सक्ने बताएकी हुन् ।

‘उहाँको (प्रधानमन्त्री ओली) शरीरमा बढी मात्रामा रहेको ‘एन्ठिबडी’ लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया एनयुएचमा पूरा भएको छ,’ निजी चिकित्सक सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल उहाँको स्वास्थ्य अवस्था सामानय रहेको छ र उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ ।’

सिंगापुरमा स्वास्थ्य उपचार गरी प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए, उनले विमानस्थलमा संचारकर्मीलाई कुनै प्रतिक्रिया दिएका थिएनन् ।

मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनी यही भदौ ५ गते त्यसतर्फ सिङ्गापुर गएका थिए । उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो ।

उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए ।

Leave A Reply

Your email address will not be published.