उर्जामन्त्री पुन र रसियन राजदूतबीच भेटवार्ता

0

काठमाण्डौं – उर्जा, जलस्रोत तथा सिंचांईमन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपालका लागि रसियन राजदूत एलेक्जी ए नोभिकोभबीच भेटवार्ता भएको छ ।

ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा नेपाल र रसिया दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी विभिन्न एजेण्डमा शुक्रबार छलफल भएको मन्त्रालयले जनाएको छ । भेटवार्ता दुई घण्टाभन्दा बढी चलेको थियो ।

पछिल्लो समयमा नेपालमा विद्युत विकास र व्यवस्थापनका काम सरकारले उल्लेख्य मात्रामा गरिरहेको बेला ऊर्जा क्षेत्रको विकास र व्यवस्थापनबारे द्विपक्षीयबीच भएको छलफललाई महत्वका साथ हेरिएको छ ।

ऊर्जा मन्त्रालयले पछिल्लो चरणमा विद्युत क्षेत्रमा उल्लेख्य मात्रामा काम गरिरहेको दाबी गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.