७५ अर्ब करछली आरोपी एनसेलविरुद्ध विप्लवले नेकपाले मशाल जुलुस निकाल्ने

0

काठमाण्डौं – विप्लव नेकपाले कारवाहीको मुख्य निशाना बनाएको नीजि क्षेत्रको मोवाइल सेवा प्रदायिक कम्पनी एनसेलविरुद्ध बिहिबार मशाल जुलुस निकाल्दैछ ।

उसले एनसेलले ७५ रुपैयाँ कर छलेर राज्यलाई नोक्सानी पुर्याएको भन्दै बेलाबेलामा आक्रमण गर्दै आइरहेको छ । गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयमा विष्फोट गराएको थियो ।

त्यस घटनापछि नै सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यही भदौ ९ गते सर्वोच्च अदालतको बृहत पूर्णइजलासले एनसेललाई ठूला करदाता कार्यालयले निर्धारण गरेको मध्ये झण्डै १८ अर्ब तिर्न नपर्ने फैसला गरेपछि विप्लव नेकपाले फैसलाविरुद्ध पार्टीका महासचिव विप्लवले भदौ १४ एक प्रेस विज्ञप्ति जारी गरेर चरणवद्ध घोषणा गरेका छन् ।

एनसेलले नागरिकबाट पैसा उठाई राज्यलाई कर नतिरेर कंगाल बनाएको विज्ञिप्तमा जनाएका छन् । कर चुक्ता नगरिए एनसेललाई थप कारवाही गरेर देशबाटै खारेज गर्ने चेतावनी विप्लवले दिएका छन् ।

सोही अनुसार मंगलबार देशभर फैसलामा संलग्न न्यायाधीशरुको पुत्ला दहन गरिसकेको छ । आज बिहिबार साँझ उसले देशभर एनसेल करछली विरुद्ध र न्यायाधीशहरुको निर्णयको विरोधमा मशाल जलुस निकाल्ने भएको हो । जिल्लाहरुमा मशाल जुलुशको तयारी भइरहेको पार्टी स्रोतले दिएको छ ।

घोषित कार्यक्रम अनुसार एनसेल कार्यालयहरुका विरोध प्रदर्शन, २३ गते कार्यालयहरुमा तालाबन्दी र २६ गते भ्रष्टाचारीहरुको पुत्लामा कालोमोसो दल्ने रहेको छ ।

एनसेलको पक्षमा भदौ ९ मा गरेको सर्वोच्चको फैसलाले करछलीलाई उन्मुक्ति मिलेको भन्दै संसदमै विरोध भएको छ । मंगलबार बैठकमा सांसद खतिवडा, शेरबहादुर तामाङ लगायतले एनसेलमाथि ठूला करदाता कार्यालयले लगाएको ४० अर्ब उठाउन सरकारसँग माग गरे । सर्वोच्च आदलतले एनसेलको पक्षमा गरिएको फैसला संसदले हेनुपर्ने दिन नआओस् भन्दै कर उठाउन सरकारले बेवास्ता गरे छानबिनको दायरामा ल्याउनबारे सोच्नुपर्ने धारणा उनीहरुले राखेका थिए ।

Leave A Reply

Your email address will not be published.