कृषि मन्त्री खनाललाई डेंगु संक्रमण, ग्राण्डी अस्पतालमा उपचार हुँदै

0

काठमाण्डौं – कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाललाई डेंगु संक्रमण भएको छ । सामान्य ज्वरो आउने तथा रुखाखोकी लाग्ने समस्या देखिएपछि उनले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गराएका थिए । त्यसमा डेंगुको संक्रमण भएको देखिएको हो ।

गएको मंगलबारदेखि उनलाई ज्वरो आउनेसहितका समस्या देखिएको थियो । परीक्षणमा डेंगु पुष्टि भएपछि बुधबार उनी उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना भएका छन् ।

उनको हाल उपचार प्रक्रिया चलिरहेको ग्राण्डी अस्पतालका जिएम विकाशमान श्रेष्ठले जानकारी दिएका छन् । उनी अनुगमनका लागि विभिन्न ठाउँमा गएका बेला संक्रमण भएको हुन सक्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.