भारतीय बैंकबाट एक करोड ७० लाख नेपाली रकम चोरी

0

काठमाण्डौं – नेपालका विभिन्न सातवटा बैंकबाट रकम चोरी भइरहेकै बेला भारतबाट पनि नेपाली बैंकको रकम चोरी भएको खुलेको छ ।

नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानबाट नेप्समा आवद्ध सदस्य बैंकहरुको क्लोन भिसा कार्ड प्रयोग गरी भारतका २४ बैंकको एटीएम मेसिन प्रयोग गरी एक करोड पाँच लाख ८७ हजार दुई सय भारतीय रुपैयाँ निकालिएको पाइएको छ ।

यसरी १३२ एटीएमबाट नेपाली रुपैयाँ एक करोड ६९ लाख ३९ हजार पाँच सय २० रुपैयाँ निकालेको पाइएको हो । नेपालका जम्मा सातवटा बैंकबाट ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ बराबर रकम चोरी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो रकम सातवटा विभिन्न बैंकको हो । जसमा १७ वटा बैंकका ६८ वटा एटीएम प्रयोग गरेको देखिन्छ ।

Leave A Reply

Your email address will not be published.