पूर्वएमालेबाट विजयी वडाध्यक्षद्वारा आत्मसमर्पण, दुई दिनका लागि जेल चलान

0

काठमाण्डौं – मुद्दाका फरार रहेका चौदण्डीगढी नगरपलिका – ९ का वडाध्यक्ष प्रकाशकुमार राउतलाई जेल चलान गरिएको छ ।

जिल्ला अदालतले वन मुद्दामा दोषी ठहर भएपछि कैद तथा जरिवान तोकिएका वडाध्यक्ष प्रकासकुमार राउतलाई २ दिन कैद भुक्तानीका लागि बुधबार जिल्ला कारागार उदयपुर चलान गरिएको हो । २७ हजार १ सय ६८ रुपैयाँ जरिवाना पनि तोकिएको छ ।

जिल्ला अदालत उदयपुरले वन मुद्दामा कैद तथा जरिवाना तोकेको वडाध्यक्ष राउत फरार प्रतिवादीको सूचीमा थिए । कैद र जरिवान भुक्तान नगरी फरार रहेका वडाध्यक्ष राउत आफैं अदालतमा उपस्थित भएपछि उनलाई कैद जरिवानको पुँजी थमाई जिल्ला कारागार उदयपुर चलान गरिएको अदालतका तहसिलदार कुलबहादुर खत्रीले बताए ।

तत्कालीन नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित राउतले हरियाली समुदायिक वन उपभोक्ता समूहको वन पैदावन हानी नोक्सानी पु¥याएको भन्दै २०७१ साल असार ४ गते तत्कालीन जिल्ला वन कार्यालयले अदालत मुद्दा दायर गरेको थियो ।

सोहि मुद्दामा तत्कालीन जिल्ला न्यायाधीश भोजराज शर्माको इजालसले २०७१ भाद्र २ गते वडाध्यक्ष राउतलाई ११ दिन कैद र १३ हजार ५ सय ८४ रुपैयाँ को दोब्बर २७ हजार १ सय ६८ रुपैयाँ जरिवाना हुने फैसला सुनाएका थिए ।

वन मुद्दा परेका राउतलाई जिल्ला वन कार्यालय उदयपुरले ९ दिन हिसारतमा राखेको थियो । २१ हजार धरौटी राखी तारेखमा छुटेका वडाध्यक्ष राउतले मुद्दा फैसाल भएबमोजिम ११ दिनमध्ये ९ दिन हिरासतमा रहेको समेत गणना गरेर २ दिन कैद र धरौटीबाहेक बिगो रकम ६ हजार १ सय ६६ रुपैया तिर्नुपर्ने छ ।

Leave A Reply

Your email address will not be published.