रसियन ब्लगरलाई पाँच वर्ष जेल

0

रोयटर्स – रसियाको अदालतले एकजना ब्लगरलाई पाँच वर्षको जेल सजाय तोकेको छ । उनलाई हिंसा भड्काउने ट्विट गरेको आरोपमा दोषी पाइएपछि मंगलबार अदालतले पाँच वर्षको जेल सजायको आदेश गरेको हो ।

रसियन अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार उनले प्रहरी अधिकारीका बालबालिकाविरुद्ध आक्रमण गर्ने किसिमको ट्विट गरेका थिए । भ्लादिस्लाभ सिन्टा नाम गरेका ती व्यक्तिले ३१ जुलाईमा मस्कोमा सरकार विरोधी प्रदर्शन भइरहेको समयमा उक्त ट्विट लेखेका थिए ।

उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी दर्जनौं प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको थियो ।

Leave A Reply

Your email address will not be published.