प्रचण्ड – बाबुराम ‘द हेग’ यात्रा: दिक्षित र बिष्ट किन भेटे ?

0

काठमाण्डौं – आफूहरुमाथि तत्कालीन जनयुद्धका समयमा नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले युद्धअपराध गरेको भन्दै दण्डसजायका लागि अन्तर्राष्ट्रिय अदालत ‘द हेग’मा उभ्याउने चेतवानीसाथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका महत्वपूर्ण व्यक्तित्वसँग नियमित भेटघाट चलाइरहेका पूर्वबाल जनमुक्ति सेना लेनिन विष्टसँग वरिष्ठ पत्रकार एवं सामाजिक अभियान्ता कनकमणि दिक्षितले भेट गरेका छन् ।


विष्टलाई सोमबार बिहान दिक्षितले आफ्नै निवास ललितपुरको पाटनढोकामा बोलाएर भेट गरेका हुन् । भेटवार्ता दुई घण्टा चलेको थियो ।

समाचारमा बताइएअनुसार भेटमा पूर्वबाल जनमुक्ति सेनाको मुद्दा र सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई पूर्णता दिन लागेको विषयबारे छलफल भएको थियो । दिक्षित प्रचण्डका खुँकार विरोधीको रुपमा चिनिन्छन् । उनले पनि जनयुद्धको नेतृत्व प्रचण्डलाई युद्धअपराध कसुरमा हेग लैजानुुपर्ने विषयको उठान धेरै पहिले गरेका थिए । उनी अहिलेपनि प्रचण्डका कडा आलोचक हुन् ।


भेटमा दिक्षितले जनयुद्धका पूर्वबाल जनमुक्ति सेनामाथि पार्टी नेतृत्वबाट गम्भीर अन्याय भएको र त्यसलाई आफूले नजिकबाट हेरिरहेको बताएको र न्यायको लागि हरतरिकाबाट सहयोग गर्ने वचन दिएको स्रोतले बतायो । यसबारे थप बुझ्ने प्रयास गर्दा पूर्वबाल जनासेनाका ईन्चार्ज विष्टको मोवाइल उठेन । सोमबारको भेटपछि विष्टले आफ्नो फेसबुक पेजमार्फट दिक्षितसँग खिचिएको तस्बीर पोष्ट गरेका छन् ।

जनयुद्धका नेतृत्वकर्ता प्रचण्ड र तत्कालीन जनपरिषद्का संयोजक भट्टराईको निर्देशनमा बाल उमेरमै आफूहरुलाई करकापमा लगाएर बम, ग्रिनेड, बन्दुकलगायत जोखिमयुक्त काम र सूचनावाहकको काममा लगाएर युद्धअपराध गरेको अाराेप उनीहरुकाे छ ।

तर शान्ति प्रक्रियापछि अस्थायी क्यान्टोनमेन्टमा राखिएका जनमुक्ति सेनाबीचबाट अनमिनले ४ हजार ८ जनालाई बाल उमेरका भन्दै क्यान्टोनमेन्टबाट निकालेको थियो । त्यसरी निकालिएका पूर्वबाल जनसेनामाथि ‘अयोग्य’को बिल्ला भिराइएको थियो । सोहीबेलादेखि अपमानित गरिएको भन्दै न्यायको लागि निरन्तर आवाज उठाउँदै आन्दोलन गर्दै आएका छन् ।

यसैबीच गएको साउन ९ गते राजधानीमा एक पत्रकार सम्मेलन गरेर आफूहरुले अघि सारेको माग तीन महिनाभित्र पूरा गर्न राज्य तयार नभए प्रचण्ड–बाबुरामलाई युद्धअपराधको कसुरमा अन्तर्राष्ट्रिय फैजदारी कानून अनुसार ‘द हेग’ मा उभ्याउने चेतावनी पूर्वबाल जनसेनाको संगठन बहिर्गमित लडाकुले दिएको थियो । संगठनका इन्चार्ज लेनिन विष्ट स्वयम् छन् ।

त्यसपछि नेपालका लागि संयुक्त राष्ट्र संघ कार्यालयक प्रमुख र नेपालका लागि नर्वेजियन, अष्ट्रेलियनलागयत राजदूतसँग भेट गरिसकेका छन् । साथै सरकार मन्त्री ईश्वर पोखरेल, पूर्वसेनापति रुक्माङगद कटवाललागयतसँग भेट गरिसकेका छन् । कटवाल पनि प्रचण्डका कटु आलोचक हुन् ।

प्रचण्ड हाल सत्तारुढ नेकपाका कार्यवाहक अध्यक्ष हुन् । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्योपचारका क्रममा सिंगापुरमा रहेका छन् ।

हिमाल मिडियाका अध्यक्षसमेत रहेका पत्रकार दिक्षितले आइतबारको हिमाल साप्ताहिकको अंकको अन्तिम पृष्ठमा २०६७ असार ३ मा संयुक्त राष्ट्रसंघका महासचिवको बालबालिका तथा सशस्त्र द्वन्द्वसम्बन्धी विशेष प्रतिनिधि (स्पेशल र्यापोर्टर) राधिका कुमार स्वामीले सुरक्षा परिषद्को विशेष बैठकमा चितवनकी १८ वर्षकी मञ्जु गुरुङ (नाम परिवर्तन)ले आफूलाई जनयुद्धका हिँडाएपछि १५ महिनासम्मम खन्ने, बोक्ने कष्टपूर्ण काम गराएको र थ्री–नट–थ्री र एके–४७ बन्दुक चलाउन, बम बनाउन र पडकाउन प्रशिक्षणमा सहभागी गराएको भनी दिएको बयानलाई प्रकाशित गरेका छन् ।

Leave A Reply

Your email address will not be published.