प्रधानमन्त्री ओलीद्वारा सिंगापुरबाट दोस्रोपटक क्याबिनेट सदस्यसँग भिडियो कन्फ्रेन्स

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रो पटक मन्त्रिपरिषद्का सदस्यसँग सिंगापुरबाटै टेलिप्रिजेन्स प्रविधिमार्फत छलफल गरेका छन् ।

मंगलबार दिउँसो १ बजेर १० मिनेटदेखि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल सुर गरेको उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन्।
छलफलका क्रममा ओलीले सरकारका कामको बारेमा जानकारी लिएका छन् ।

Bishnu Rimal@BishnuRimal

सम्माननीय प्रम केपी शर्मा ओली@kpsharmaoli ले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधि मार्फत आज दोस्रो चोटी आफ्नो क्याविनेटका सदस्यहरूसंग सरकारका कामको बारेमा छलफल गर्नु भयो।उहॉले आफ्नो उपचारबारे जानकारी दिनुहुने र मन्त्रीज्यूहरूले आफ्नो कामकाबारे प्रमलाई अपडेट गर्नुहुने योजना रहेको छ।

View image on Twitter
View image on Twitter
View image on Twitter
View image on Twitter

681:56 PM – Sep 3, 2019Twitter Ads info and privacy23 people are talking about this

सो क्रममा ओलीले आफ्नो उपचारबारे पनि मन्त्रीहरुलाई जानकारी दिएका छन् । सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार बुधबार सकिँदैछ ।

उनी आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री ओलीलाई भेट्न उनको पार्टीका महासचिव विष्णु पौडेल मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

Leave A Reply

Your email address will not be published.