सरकारको विरोध गरे पार्टीबाट निष्कासन गर्न बेलायती प्रधानमन्त्रीको चेतावनी

0

रोयटर्स – बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले उनको दल कन्जरभेटिभ दलका सांसदलाई युरोपियन युनियनबाट बाहिरिने आफ्नो कदमको विरोध गरे पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् । जोन्सनले अक्टोबर ३१ मा ईयूबाट बाहिरिने घोषणा गरेका छन् । उनको यस कदमले बेलायतमा संवैधानिक संकट निम्त्याउने बताइएको छ ।

कन्जरभेटिभ पार्टीका २७ जना सांसदले विपक्षी दलसँग मिलेर जोन्सनको संसद निलम्बनको विरोध गरिरहेका छन् भने ईयूबाट बाहिरिने निर्णयको विरोध गरिरहेका छन् । उनीहरुले ईयूबाट बेलायत बाहिरिएमा अर्थतन्त्र धराशायी हुने बताएका छन् ।

समर ब्रेकपछि मंगलबार बेलायतको संसद खुल्नुभन्दा करिब २४ घण्टाअघि प्रधानमन्त्री जोन्सनले सरकारको विरुद्धमा मतदान गरेमा पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका हुन् । उनीहरुले विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बिनले संसदमा सरकारविरुद्ध आवाज उठाउन दबाब दिइरहेका छन् ।

“यदि मंगलबार संसदमा उनीहरुले सरकारको पक्षमा मतदान नगरेमा सरकार विरोधी भएको ठहरिने र जेरेमी कोर्बिनको मातहतमा रहेको मानिनेछ,” पार्टीको सचेतक कार्यालय स्रोतले भन्यो, “उनीहरुको त्यस्तो कदमलाई पार्टीको अनुशासन उल्लंघन गरेको मानिनेछ ।”

स्रोतका अनुसार कुनै पनि कन्जरभेटिभ पार्टीका सांसदले पार्टीको ह्वीप नमानेमा आगामी निर्वाचनमा पार्टीको उम्मेदवार बनाइने छैन । विगत तीन वर्षभन्दा लामो समयदेखि बेलायतमा ईयूबाट बाहिरने अथवा ईयूमा रहने भन्‍ने विषयमा हुने मतदानमा ५२-४८ प्रतिशत मत पर्ने गरेको छ ।

विपक्षी दल लेबर पार्टीका नेता कोर्बिनले जोन्सनको नो-डिल ब्रेक्जिटलाई जसरी पनि रोक्ने दाबी गरेका छन् । उनले मुलुकलाई भीरमा खस्नबाट जोगाउन अन्तिम अवसर भएको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.