एक पूर्व भारतीय जासुसको खुलासा, ‘रअले फ्याँकेको हो नेपालमा राजतन्त्र’

0

नेपालमा गणतन्त्र ल्याउन भूमिगत सशस्त्र बिद्रोह गरिरहेका माओवादी नेता प्रचण्डलाई धेरै फकाउनु परेको भारतीय जासुसी संस्था रअका एक अवकास प्राप्त अधिकारीले खुलासा गरेका छन् ।

हालै प्रकाशित अमर भुषणको पुस्तक इनसाइड नेपालमा यो कुरा खुलासा गरेका हुन् ।

पुस्तकमा दाबी गरिएको छ कि रअले तत्कालीन माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन या मनाउन लामो समय खर्चेको र त्यसपछि प्रचण्ड राजतन्त्र विरुद्ध अरु राजनीतिक दलसँग हात मिलाउन तयार भए ।

विभिन्न चरणको वार्तापछि रअ प्रचण्डलाई मनाउन तयार भएको पुस्तकमा उल्लेख छ । प्रचण्ड रअको मनसायप्रति शसंकित थिए । त्यसैले उनले वार्ताका क्रममा रअका पूर्वी ब्यूरो प्रमुख जीवनाथनसँग, ‘तपाईँले किन यति धेरै चासो दिइरहनु भएको छ कि हामी राजाको शासनमा रहन्छौँ या लोकतन्त्रमा जान चाहन्छौँ ?’ भनेका बताइएको छ ।

सन् १९९० मा भारतको अनुसन्धान तथा विश्लेषण संस्था रअले नेपालको सक्रिय राजतन्त्रलाई संवैधानिक बनाउन अभियान सुरु गर्‍यो संवैधानिक प्रजातन्त्रका लागि मार्ग प्रशस्त गर्न । यो कुराको खुलासा रअका पूर्व विशेष निर्देशक अमर भूषणले आफ्नो पुस्तक ‘इनसाइड नेपाल’ मा गरेका हुन् ।

रअको जासुसी भिन्न विचारधारका राजनीतिक दललाई एक ठाउँमा ल्याउन मात्रै थिएन, आफ्नो पहुँच वा प्रभाव अति गोप्य रुपमा गर्नुमा थियो । जीवनाथनले सो क्रममा आफ्ना गोप्य एजेन्टहरु नियुक्त गरेका थिए । भुषणले आफ्नो पुस्तकमा प्रतिकात्मक नाम दिएका जीवनाथ जो रअको पूर्वी व्युरोका प्रमुख थिए, उनले राजा वीरेन्द्रको शासनकालभर एक विशेष युनिट सञ्चालन गरेको उल्लेख गरेका छन् ।

जीवनाथनले सो युनिट सन् १९८९–९० को बिचमा बनाएको जनाइएको छ ।

भारतको तत्कालीन राजीव गान्धी सरकारले नेपालमा भइरहेको जनआन्दोलनलाई सहयोग गर्ने निर्णय गर्‍यो । राजालाई दबाब दिन विभिन्न चरणमा भएका कूटनीतिक प्रयास असफल भएका थिए । त्यसपछि भारत सरकारले नेपालसँगको सीमा बन्द गर्‍यो र राजालाई प्रजातन्त्र स्थापित गर्न दबाब दिए ।

त्यसबिचमा राजाले चीनसँग सहयोगका लागि अपिल गरेका थिए । त्यो बिचमा रअका प्रमुख एके वर्माले जासुस जीवनाथनलाई नेपालमा विशेष अभियान चलाउन जिम्मा लगाएको भुषणको पुस्तकमा उल्लेख छ ।

रअको अभियानपछि धेरै नेपाली राजनीतिज्ञ जीवनाथलाई भेट्न गएको पुस्तकमा उल्लेख छ । तर उनी आफूले नियुक्त गरेका जासुसहरुलाई आफू अब सो नाममा अस्तित्वमा नरहेको भनेर गायब भएका थिए ।

(यो सामग्री डिएनए पत्रिकाबाट साभार गरिएको हो ।)

Leave A Reply

Your email address will not be published.