अमेरिकाको टेक्सासमा फेरि अन्धाधुन्ध गोलीकाण्ड: गाडीमा घुम्दै अन्धाधुन्ध गोली प्रहार

0

कम्तिमा पाँचजनाको मृत्यु

एजेन्सी – अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा पाँचजना ज्यान गएको छ।

घटनामा अरु केही मानिस घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समय अनुसार शनिबार अपराहन्न कम्तिमा एक बन्दुकधारीले मानिसहरुमाथि अन्धाधुन्ध गोली चलाएका हुन् ।

टेक्सासको पश्चिमी शहर ओडेसा र मिडल्याण्डमा ती बन्दुकधारीले गाडी चलाउँदै अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ ।

बन्दुकधारी गोरो जातिका पुरुष रहेको र उनको प्रहरीको जवाफी कारवाहीमा मृत्यु भएको जनाइएको छ । गोली चलाउनुको कारण खुलेको छैन ।

घटनामा पाँचजनाको ज्यान गएको र कम्तिमा १६ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ । गोली लाग्नेहरुमा प्रहरी अधिकारीहरु पनि छन् ।

चार हप्ताअघि टेक्सासको एल पासोमा अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको ज्यान गएको थियो । सो घटनामा अरु २४ जना घाइते भएका थिए।

Leave A Reply

Your email address will not be published.