एनसेल बहिष्कार लहर चल्यो !

0

काठमाण्डौं – ६२ अर्ब कर छली गरेको एनसेलमाथि बहिष्कारको लहर चलेको छ । एनसेलका सिमकार्डहरु प्रयोग नगर्न सामाजिक सञ्जालहरुमा लहर चलेको छ । एनसेल कर छली सतहमा आएपछि सर्वसाधारणले कर नतिरेर राष्ट्रघाती कार्य गरेको भन्दै सिमकार्ड नराख्न आव्हान गरेका हुन् । सामाजिक सञ्जालमा एनसेल बहिष्कार अभियान नै चलेको छ ।

बुद्धिजीवी, कलाकार तथा नागरिक समाजले समेत एनसेल बहिष्कार गर्नुपर्ने भनेका छन् । नायिका रेखा थापाले एनसेललाई राष्ट्रघाती भन्दै बहिष्कार गर्नुपर्ने बताइन् । कसैलाई पनि एनसेल प्रयोग नगर्न आव्हान गरेकी छिन् । उनले प्राइम टाइम्स टेलिभिजनमा भनिन्, ‘कर छल्ने एनसेल होस् या कुनै पनि संस्थालाई बहिष्कार गर्नुपर्छ ।’

६२ अर्ब ६३ करोड कर छलेपछि अदालते तत्काल कर दाखिला गर्नुपर्ने फैसला सुनाएपछि एनसेल सर्वोच्च अदालत पुगेको थियो । उसले १४ अरब ५० करोड मात्र कर दाखिला गर्नुपर्ने र बाँकी ३९ अरब ६ करोड तिर्नुनपर्ने दाबीसहित अदालतमा गएपछि उसको पक्षमा फैसला आएको थियो । फैसला बमोजिम एनसेलले ३९ अर्ब ६ करोड तिर्नुनपर्ने भएको छ ।

अदालतको फैसलाका बाबजुद सर्वसाधारणले एनसेल कर छलीमा रहेको भन्दै प्रयोग नगर्न अभियान चलाएका हुन् । नेत्रविक्रम चन्द विप्लवले एनसेललाई चेतावनी दिएका छन् । उनले कर छल्ने कम्पनिमाथि कारबाहीको धम्की दिएको छ । एनसेलमाथि विप्लव समूहले भौतिक क्षति पुग्ने गरी आक्रमण समेत गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.