इबोलाको संक्रमणबाट दुई हजार जानको मृत्यु

0

काठमाण्डौं – डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको प्रकोपबाट गएको बर्ष दिनमा कम्तीमा पनि दुइ हजार जनाको ज्यान गएको बताइएको छ ।

कंगोका स्वास्थ्य अधिकारीहरुले गतवर्षको अगष्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि दुई हजार कंगोलीको ज्यान गएको समाचार दिएका छन् ।

उनीहरुका अनुसार उक्त प्रकोपबाट संक्रमितहरुको संख्या तीन हजार जना रहेको थियो । इबोला संक्रमितहरुको संख्या तीन हजार थियो र उनीहरुमध्ये दुई हजारको उपचारका क्रममा ज्यान गएको हो, अधिकारीहरुले जनाएका छन् ।

बिहीबार कंगोको स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको स्वास्थ्य बुलेटिनमा दिइएको जानकारी अनुसार सो संक्रमणबाट दुई हजार छ जनाको ज्यान गएको छ । ती मध्ये एक हजार ९०१ जना उक्त इबोला संक्रमित नै भएको प्रमाणित भएको थियो ।

उक्त संक्रमण कंगोको उत्तरी किबु प्रान्तमा सन् २०१८ को अगष्टमा देखा परेको थियो । पछि सो प्रान्त हुदै कंगोको इतुरी प्रान्तमा सो प्रकोप फैलिएको थियो ।

स्वास्थ्य अधिकारीहरुले उक्त संक्रमणबाट प्रभावित ९०२ जना भने उपचारपछि निको भएको जानकारी दिएका छन् । अस्पतालमा राखी लामो समयसम्म गरिएको उपचारबाट ९०२ जना विरामी निको भएको उक्त स्वास्थ्य बुलेटिनमा जनाइएको छ ।

यो संक्रमणको नाम इबोला उत्तरी कंगोको एक नदीको नामबाट राखिएको बताइन्छ । उक्त नदी क्षेत्रमा यस संक्रमणका विरामी सन् १९७६ मा फेला परेका थिए ।

यो संक्रमणबाट अफ्रिकी देशबाट हजारौँ नागरिकको ज्यान गएको छ । अफ्रिकी देशहरुमा केही वर्षदेखि यसको प्रकोप नराम्रोसँग फैलिएका समाचारहरु आइरहेका थिए ।

Leave A Reply

Your email address will not be published.