नेदरल्यान्ड्सको अन्तरास्ट्रिय मेलामा नेपाल सहभागि हुने |

0

द्रोण रिजाल ,नेदरल्यान्ड्स |
यहि सेप्तेम्बेर ६ र ७ तारिखका दिन नेदरल्यान्ड्सको सहर ‘द हेगमा’ आयोजना हुनलागेको अन्तरास्ट्रिय मेलामा नेपाल पनि सहभागी हुने भएको छ | एम्बेसी फेस्टिवल नामले परिचित उक्त मेलामा नेपाललाई आकषक ढंगले सहभागी गराउन नेपाली दुताबास सहित नेदरल्यान्ड्सका सबै संघसंथाहरु तिब्र गतिमा जुटेको गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिसद नेदरल्यान्ड्सका अध्यक्ष ठाकुर प्रसाद शर्मा ( मनोहरि ) ले जानकारी गराउनु भएको छ |


नेपाली दुताबास , नेदरल्यान्ड्सका लागि जनरल कन्सुलेट ,नेदरल्यान्ड्सका लागि पर्यटनदूतहरु ,एन आर एन ए अन्तरास्ट्रिय परिषद अन्तर्गतको सन्स्क्रिती तथा सम्पदा प्रवर्धन समिति , एन आर एन ए रास्ट्रिय परिषद नेदरल्यान्ड्स , नेपाली जनसम्पर्क समिति , नेपाल समाज नेदरल्यान्ड्स , प्रवासी नेपाली मंच , अन्तरास्ट्रिय नेपाली कलाकार समाज ( ईनास ) , हिमचुली कला समूह , अन्तरास्ट्रिय नेपाली समाज लगायत नेदरल्यान्ड्समा रहेका अन्य विभिन्न सामाजिक ,सांस्कृतिक र ब्यबसायिक संघसंथाहरुको सामुहिक सहभागिता रहने यस मेलामा बिशेस गरि नेपाललाई अन्तरास्ट्रिय बजारमा परिचित गराउदै नेपालको पर्यटन प्रवर्धन अभियान २०२० लाई सघाउ पुर्याउन उच्च महत्व दिएको नेपाली दुताबासले प्रस्ट पारेको छ |


बिशाल हिमाली शृंखलामा रहेको एउटा सुन्दर देश नेपालको प्राकृतिक सौन्दर्य ,जैविक बिबिधता , जातीय, भाषिक र सामाजिक बिबिधताका साथै ऐतिहासिक र सांस्कृतिक सम्पदाको लागि प्रशिद्ध रहेकाले नेपालको भ्रमण गरि त्यहाको सुन्दर प्राकृतिक सम्पदाको अवलोकन गर्न अन्तरास्ट्रिय छेत्रलाई ध्यान केन्द्रित गराउन र नेपाली हस्तकलाका बस्तुहरु हेर्न र बिक्रि गर्न समेत ब्यबस्था मिलाइएको बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापाले जानकारी गराउनु भएको छ |


विश्वको करिब ६७ भन्दा बढी देशको सहभागिता रहने नेदरल्यान्ड्सको द हेग शहरमा हरेक बर्ष आयोजना हुदै आएको अन्तरास्ट्रिय मेलामा नेपाललाई चौथो पटक सहभागी गराईन लागिएको हो |

Leave A Reply

Your email address will not be published.