कांग्रेस सभापति देउवालाई भेटेपछि योगेश भट्टाराई प्रसन्न

0

काठमाण्डौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति देउवालाई भेट्न मन्त्री भट्टराई शनिबार बिहान उनकै निवास बुढानीलकण्ठ पुगेका थिए ।

भेटमा मन्त्रालयले गरिरहेको काम र केही दिन पहिले सार्वजनिक गरेको वार्षिक कार्यक्रमका विषयमा उहाँसँग आफूले कुराकानी गरेको मन्त्री भट्टराईले बताए । मन्त्रालयका काम र भ्रमण वर्ष २०२० लाई अझ बढी प्रभावकारी बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेकाले प्रमुख प्रतिपक्षी दलको सुझाव समेट्दै अघि बढ्ने उनले बताए ।

आफूले राखेको कुराहरु प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले अभिरुचिका साथ सुन्नुभएको र महत्वपूर्ण सल्लाह र सुझाव पनि दिनुभएको मन्त्री भट्टराईले बताए ।

Leave A Reply

Your email address will not be published.