पाकिस्तानद्वारा छोटो दूरीको मिसाइल परीक्षण

0

इस्लामावाद – पाकिस्तानले छोटो दूरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । भारतले जम्मु काश्मीरलाई दिइएको विशेष अधिकार कटौती गरेको विरोध गर्दै आएको पास्तिानले बिहीबार ‘गजनवी’ ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले ट्विट गर्दै कराची नजिकैको सोनमियानी उडान परीक्षण केन्द्रबाट मिसाइल परीक्षण गरिएको जनाएका छन् ।

काश्मीर मुद्दामा अन्तरराष्ट्रिय स्तरमा सोचेअनुसार समर्थन नपाएपछि पाकिस्तानले ब्यालेस्टिक मिसाइल परीक्षण गर्ने धम्की दिँदै आएको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएको छ । ‘गजनवी’ मिसाइलको क्षमता दुई सय ९० किलोमिटर रहेको छ ।

Leave A Reply

Your email address will not be published.