भिडियो कन्फ्रेन्स मन्त्रिपरिषद् बैठकको तरंग : कसको कुरा पत्याउने ?

0

 काठमाण्डौं – प्रधानमन्त्री केपी ओलीले भदौ पहिलो साता उपचारका लागि सिंगापुर उड्नुअघि मन्त्रिपरिषद् कार्यसञ्चालन कार्यविधिमा एक संशोधन पास गराए । उनले प्रधानमन्त्री विदेशमा रहँदा भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गर्न सकिने वैधानिक व्यवस्था मन्त्रिपरिषद् बैठकमाफर्त गराएर सिंगापुर उडेपछि पक्कै पनि केही हुने अनुमान त्यति बेला नै गरिएको थियो ।

यो अनुमान धेरै दिन कुर्नुपरेन यही भदौ ९ गते सोमबार काठमाडौंबाट सबै मन्त्रिहरु र सिंगापुरबाट प्रधानमन्त्रीले ‘भिडियो कल’ गरे । प्रधानमन्त्री ओलीले तस्वीरसहित सिंगापुरबाट टेलिप्रिजेन्स मार्फत मन्त्रिपरिषदको बैठक बसेको जानकारी दिए। प्रधानमन्त्रीले नै मन्त्रिपरिषद् बैठक भनेपछि यो मन्त्रिपरिषद् बैठक नै हो भन्ने बुझाई भयो सबैको । प्रधानमन्त्रीको ट्वीट अघि उनका प्रमुख राजनीतिक सल्लाहाकार विष्ण रिमालले पनि सिंगापुरदेखि काठमाडौं पहिलो पटक टेलिकन्फ्रेन्समार्फत मन्त्रिपरिषदको बैठक बस्दै भनेर जानकारी दिएका थिए ।

K P Sharma Oli@kpsharmaoli

प्रविधि र प्राबिधिकलाई धन्यवाद दिन चाहन्छु। आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद ।

View image on Twitter
View image on Twitter
View image on Twitter

1,3762:00 PM – Aug 26, 2019Twitter Ads info and privacy340 people are talking about this

देशमा कार्यबाहक प्रधानमन्त्री हुँदाहुँदै भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेपछि सत्तारुढ दलकै नेताहरुले आपत्ति जनाएपछि यो विषय विवादित बन्यो । नेकपा नेता भीम रावलले यो मन्त्रिपरिषद् बैठकमाथि प्रश्न उठाएका थिए । प्रमुख विपक्षी दल काँग्रेसले त केन्द्रीय समिति तथा संसदीय दलमार्फत नै औपचारिक विरोध जनायो ।

सामाजिक सञ्जालमा पनि यो विषयमा विरोधका स्वरहरु देखिए । कतियप सत्ता समर्थकहरुले भने यसलाई प्रविधिको प्रयोगको रुपमा व्याख्या गरे । तर, बिहीबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रतिनिधिसभामा यो मन्त्रिपरिषद् बैठक नै नभएको प्रस्टोक्ति दिएपछि नयाँ भ्रमको सिर्जना भएको छ ।

प्रधानमन्त्री स्वयमले मन्त्रिपरिषद् बैठक भनेको विषयलाई उनकै प्रवक्ताले प्रतिनिधिसभाको रोष्टममा उभिएर खारेज गरेपछि कसको भनाईलाई विश्वास गर्ने भ्रम सिर्जना भएको छ ।

Bishnu Rimal@BishnuRimal

सिंगापुरदेखि काठमाडौं:
पहिलो पटक टेलिकन्फ्रेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्दै

View image on Twitter
View image on Twitter
View image on Twitter
View image on Twitter

6011:24 PM – Aug 26, 2019Twitter Ads info and privacy220 people are talking about this

वैधानिक पाटोबाट हेर्दा यो मन्त्रिपरिषद् बैठक थिएन । किनकी अर्को कार्यबाहक प्रधानमन्त्री देशमा हुँदाहुँदै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्न पाउँदैनन् । प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्, जसलाई राष्ट्रिपति विद्यादेवी भण्डारीलेसमेत स्वीकृति दिएकी छन् । त्यसैले यो भिडियो कन्फ्रेन्स मन्त्रिपरिषद्बारे भ्रमहरु सिर्जना भएपछि यसबारे नयाँ ढंगबाट बहस हुने देखिएको छ ।

काँग्रेस नेताहरुले भने प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे चासो नदिएर देशको चिन्ता सिंगापुरबाटै गरेको भन्दै देशभन्दा पहिला आफ्नो स्वास्थ्यको ख्याल गर्न सुझाव दिएका छन् ।

Leave A Reply

Your email address will not be published.