भारतीय उडानलाई आफ्नो आकाशमा प्रवेश नदिने पाकिस्तानको निर्णय

0

एजेन्सी – भारतीय हवाईजहाज उडानका लागि पाकिस्तानले आकाश प्रयोग गर्न रोक्ने चेतावनी दिएको छ ।

आफू प्रशासित जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको व्यवस्थालाई भारतले हटाएपछि भारतसँग क्रुद्ध बनेको पाकिस्तानले आफ्नो आकाश हुँदै कुनैपनि भारतीय जहाजलाई उडान गर्न नदिने चेतावनी दिएको हो ।

मंगलबार बसेको पाकिस्तानी मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री इमरान खानले पाकिस्तानी आकाश भारतका लागि पूर्णरूपले बन्द गर्ने प्रस्ताव गरेका थिए । जसलाई पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसेनले ट्वीट गर्दै हवाइ मार्गसँगै अफगानिस्तानसँग व्यापार गर्न भारतले प्रयोग गर्दै आएको स्थलमार्ग पनि बन्द गर्नेबारे कानूनी प्रक्रिया पूरा गर्न लागिएको जानकारी दिएका छन् ।

‘मोदीले सुरू गरे हामी अन्त्य गर्नेछौं’ मन्त्री हुसेनले ट्वीटरमा उल्लेख गरेका छन् । यसअघि गत फेब्रुअरीमा भारतले पाकिस्तानको बालाकोटमा हवाइ हमला गरेपछि पाकिस्तानले आफ्नो आकाश बन्द १३८ दिनसम्म बन्द गरेको थियो । पछि जुलाई १६ मा मात्र खुला गरेको थियो ।

पाकिस्तानी आकाश बन्द हुँदा भारतीय जहाजलाई नयाँदिल्लीदेखि युरोपको दूरी २ घन्टा बढ्छ । दिल्लीबाट पूर्वी अमेरिकी सहरमा उडान भर्ने जहाजले बीचमा इन्धन हाल्न रोकिनु पर्दा यात्रा समय पाँच घन्टा लम्बिन्छ ।

यसअघि पाकिस्तानले १३८ आकाश बन्द गर्दा एयर इन्डियालाई ५ सय ६० करोड भारतीय रुपैयाँ घाटा लागेको थियो भने स्पाइस जेट र गो एयरले ६० करोड भारू गुमाएका थिए ।

Leave A Reply

Your email address will not be published.