नियम तोडेपछि यातायात मन्त्रीकै गाडी ट्राफिकको कारबाहीमा

0

काठमाण्डौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ। महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीलाई मंगलबार अपराह्न ट्राफिक प्रहरीले नयाँ बानेश्वरमा ह्वील लक गरी कारबाही गरेको हो ।

पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको सो गाडीलाई ट्राफिक प्रहरीले ह्वील लक गरेर चालकलाई एक हजार रुपैयाँ जरिवाना गरेको डउए । चालक शिवराम थापाको लाइसेन्स लिएर एक हजार रुपैयाँ जरिवाना गराएर गाडी छोडिएको छ। पार्किङ निषेधित क्षेत्रमा भेटिएपछि प्रहरीले कारबाही गरेको हो । प्रहरीका अनुसार गाडीमा मन्त्री भने थिएनन् ।

Leave A Reply

Your email address will not be published.