सिरियाको आक्रणमा परी १५ को मृत्यु

0

सिन्ह्वा – गृहयुद्धमा फसेको सिरियाको उत्तर पश्चिममा गत सप्ताहान्तमा भएका हिंसात्मक घटनामा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ।

राष्ट्रसंघका प्रवक्ता स्टेफान डुराजिकले इड्लिब, उत्तरी हामा र पश्चिमी अलेप्पो समेतका सिरियाका उत्तर पश्चिम क्षेत्रमा जारी हिंसाका कारण सर्वसाधारणको मृत्यु हुनेक्रम नरोएिको बताए।

राष्ट्रसंघीय मानवीय सहायता संयोजन कार्यालयका अनुसार चार जना बालबालिका समेत १५ जनाको मृत्यु भएको जनाएको छ।

डुराजिकले इड्लिबमा मात्र विस्थापित व्यक्तिहरुले १०० भन्दा बढी स्कुलहरुमा शरण लिइरहेको बताए।

‘विस्थापित मानिसका निम्ति बनाइएका अस्थायी शिविरमा पहिल्यैदेखि मानिसको भिडभाड छ, र हजारौं मानिस बस्ने ठाउँ नपाएर खुला आकाशमा बस्न बाध्य छन्’ डुराजिकले भने।

पछिल्लो समय सिरियाली फौजले रुसी सहयोगमा इड्लिब र हामा समेतका क्षेत्रमा आक्रमण तिब्र बनाएको छ।

सिरियाको छिमेकी टर्की र इजरायलले पनि सिरियाका विभिन्न ठेगानमा बमबारी गरेका छन्।

Leave A Reply

Your email address will not be published.