‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेज बनाएर लाखौँ ठगी

0

मानव बेचबिखन कार्यमा सङ्लग्न ६ व्यक्ति पक्राउ

काठमाण्डौं – आकर्षक रोजगारी र अध्ययनको प्रलोभनमा पारेर मानव बेचविखन कार्यमा संलग्न रहेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले ‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेज बनाएर मानव बेचविखन गर्ने भारतका पुरुषोत्तम लाल, दोलखाका शशी लामा भन्ने शशीकुमार तामाङ, पोखराका डोलेन्द्र कार्की, पर्वतका शिव शर्मा, काभ्रेका अस्मिरा चौलागार्इं र काभ्रेकै अर्जुन कार्कीलाई विभिन्न मितिमा पक्राउ गरि सोमबार (९ भदौ) सार्वजनिक गरेको हो ।

आकर्षक तलब र अध्ययनको प्रलोभनमा पारेर प्रतिव्यक्ति १५ देखि २० लाख ठगी गरेको अनुसन्धानमा खुलेको ब्यूरोका प्रवक्ता गोविन्द थपलियाले जानकारी दिए ।

काठमाडौँबाट मलेशिया हुँदै इण्डोनेसिया पु¥याइ पीडितको राहदानी, नगद तथा भिसालगायत आवश्यक कागजात नियन्त्रणमा लिएर बन्धक बनाएको अनुसन्धानमा खुलेको प्रवक्ता थपलियाको भनाई छ ।

पक्राउ परेका अभियुक्तहरूले पीडितलाई पर्याप्त खाना समेत नदिएर बन्धक बनाइ कुटपिट गरी आर्थिक, शारीरिक तथा मानसिक शोषण गरेको ब्यूरोले जनाएको छ । ब्यूरोको सहयोगमा पीडित व्यक्तिहरूको उद्दार गरिएको थियो । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रवक्ता थपलियाले बताउनुभयो ।

पक्राउ परेकालाई मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान तथा कारबाही गरिने ब्यूरोले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.