बेल्जियम एनआरएन मा को ?

0

चारदिशा,

गैर आबासीय नेपाली संघ बेल्जियमको जुन 7 को बैठकले आगामी अगस्त २३ मा अधिबेशनको घोषणा गरे पछि बेल्जियमको नेपाली समुदायमा अागामी नेत्रित्वमा को ? भन्ने बारेमा चर्चा परिचर्चा सुरु भएको छ ।

2006 मा भएको पहिलो अधिबेशन देखि राजनितिक दलहरुका भात्री संगठनहरुको प्रत्यक्ष्य अप्रत्यक्ष्य हुने प्रतिस्पर्धाबाट नेत्रित्वको चयन हुँदै आएकोमा यस पटक पनि कुनै भिन्नताको अनुभब हुने छाट देखिएको छैन । तर पनि यस् सामाजिक संगठनको नेत्रित्व जसले गरे पनि त्यो सबैलाई समेटेर अगाडि लैजान सक्ने क्षमता भएको ब्यक्ती हुनु पर्ने आबाज भने जोडदार तरिकाले उठिरहेको छ ।

बेल्जियममा हुर्कदै गरेको नयाँ पुषताका युबाहरु पनि बिभिन्न सामाजिक कृयाकलापमा सकृय भएर आफ्नो समुदायका लागि योगदान गर्न इछ्छुक रहेकाले  उनीहरुलाई पनि समेट्न सके यसले भबिष्यमा संगठनको  आयतन अझ बढ्ने छ । दुई  हजारको हाराहारीमा रहेका युबा एन,आर, एन, हरुको भूमिकाले पनि आगामी नेत्रित्व चयनमा असर गर्ने देखिन्छ ।

एन , ,आर्,एनले गर्ने हरेक कृयाकलापमा दलका भात्री संगठनहरुको दबदबा रहने कारणले यस् संगठनको सामाजिक चरित्रमा अघात पुगेको महसुस गरेका ब्यक्तीहरुको बहुमत भएमा बिगतको भन्दा फरक परिणाम आउन सक्ने सम्भाबना प्रबल छ ।

गत अधिबेशन देखि लागु भएको एन्,आर, एनको बिधान र यस पटक कडाइका साथ लागु गर्न खोजिएको नियमावलीले पनि प्यानल बनाएर चुनाव लड्ने, अाआफ्न संगठनका सदस्यहरुलाई सामुहिक रुपमा उधiरो सदस्य बनाउने र त्यस आधारमा भागबन्डा खोज्ने बिगतको परम्परालाई रोकेको कारणले पनि सन्कुचित भएको बेल्जियम बासी नेपालीहरुको सहभागिता यस पटक भने फरकिलो हुने देखिएको छ ।

स्मरण रहोस् गत अधिबेशनमा नेपाली काग्रेस समर्थक गंगाधर गौतम र प्रेम गुरुङ बिचको प्रतिस्पर्धामा एमालेको गुरुङलाई र एमाओबादीको गौतमलाई समर्थन थियो ।

तसर्थ आगामी नेत्रित्वको बारेमा अहिले नै अनुमान गर्नु अली हतार हुने भएपनि अहिले सम्म नेत्रित्वको दाबा गरेका चिज कुमार श्रेष्ठ , गंगाधर गौतम , सिपी भट्ट , सीता सापकोटा, शिव बरुवाल र बर्तमान अध्यक्ष्य प्रेम गुरुङ मध्यबाट दुई वा तीन जना बिच चुनाबि प्रतिस्पर्धा हुने सम्भाबना छ ।

Leave A Reply

Your email address will not be published.