गैर आवासीय नेपाली संघ फिनल्याण्डको चौथो अधिबेशन हुदै

0

भोला लामिछाने

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फिनल्याण्ड यतिबेला चौथो अधिबेशेनको संघारमा उत्रेको छ। फिनल्याण्डको हेलासिन्की  २७ जुन २०१५ मा दिनको ठिक ११ बजे बाट ३ बजे सम्म अधिबेशनको समय अबधि तोकिएको छ।

गैर आवासीय नेपाली संघमा पदाधिकारीहरु प्राय जसो राजनीतिक भागबन्डाबाट मनोनियन हुने गरेका छन् तर फिनल्याण्डको हकमा  निस्वार्थ रुपमा समाज सेवामा लागेका व्यक्तिहरु आबद्ध हुनुहुन्छ र भोलिको अधिबेशनमा समेत निर्बिरोध चयन् हुने सम्भाबना छ,

फिनल्याण्ड बासि नेपाली दाजु भाई दिदीबैनीहरुलाई उक्त अधिबेशेनमा उपस्थिति  भै शोभा बढाई दिनु हुन समेत अनुरोध गर्दै आवासीय नेपाली संघ फिनल्याण्डका बर्तमान अधक्ष्य बाल कृष्ण श्रेष्ठले अनुरोध गर्नु भएको छ । यता गैर आवासीय नेपाली संघ फिनल्याण्डको चौथो अधिबेशनलाई सम्बोधन गर्न गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्यव परिषद यूरोप उपसयोजक सोम सापकोटा फिनल्याण्ड पुगिसक्नु भएको जानकारी प्राप्त भएको छ  भने, संघले यस अघि पहिलो अधिबेशन २००९ मा दोस्रो २०११ मा र तेस्रो अधिबेशन २०१३ गरि सफलताका साथ सम्पन्न  गरि सकेको छ।

Leave A Reply

Your email address will not be published.