विदेशी ऋणदाता सामु नझुक्न ग्रीशका जनताहरुको जनादेश

0

चारदिशा सम्वाददाता।

ग्रीशमा आइतवार सम्पन्न भएको जनमत संग्रहले यूरोपेली संघ र यूरोपेली विकास वैँकले तोकेका कडा शर्तहरु पुरा नगर्ने जनमत देखाएको छ। चरम आर्थिक संकटवाट गुज्रिरहेको ग्रीशले आफूलाई सामान्य अवस्थामा फर्काउन विगत देखि लिँदै आएको वैदेशिक ऋण लिँदै आइरहेको छ।

करीव छ महिना अगाडि आमनिर्वाचनवाट सत्तामा पुरगे कम्यूनिष्ट पार्टीको सरकारले यूरोपेली संघ र युरोपेली वैंकले राख्दै आएका शर्तहरुलाई अपमानकारीको संज्ञा दिँदै नमान्ने वताउँदै आएको थियो। तर उक्त सम्वेदनशील विषयको छिनोफानो गर्ने जिम्मा आमजनतालाई दिनुपर्ने भन्दै जनमत संग्रहको घोषणा गरिएको थियो।

आईतवार सम्पन्न भएको जममत संग्रहमा ग्रीशका ७० प्रतिशत जनताले वैदेशिक शर्तहरु नमान्न सरकारलाई जनादेश दिएका छन् भने ६१.४४% जनताले ग्रीशलाई टाट पल्टनवाट रोक्न यूरोपेली संघको शर्ता मान्नु उपयुक्त हुने धारणा व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.