पुनर्निर्माणका लागि संगीत

0

चार दिशा सम्बाददाता

नेपालमा भुकम्पले गरेको बिनासबाट पीडितहरुको उद्दार र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्यस्यले नेपालका ख्याती प्राप्त युबा गायक प्रमोद खरेल, नेवारी फिल्म अभिनेत्री यबम गायिका आसिष्मा नकर्मी, आस्था राउत र बेलायत बसदै आएका गायक बिबेक श्रेष्ठको सांगितिक कार्यक्रम यही जुन २८ तारिख बेल्जियमको आन्त्वेर्पेन शहरमा हुने भएको छ ।

बिसुद्ध परोपकारी उद्यस्यको यस सांगितिक साँझको आयोजना पासापुच बेल्जियमले गर्दैछ । बेल्जियममा बसोबास गर्ने नेवार समुदायको गुठी पासापुचले अाफ्नो अधिबेसनको अबसरमा गर्ने अन्य कार्यक्रम स्थगित गरेर भुकम्प पीडितहरुको सहयोगको लागि यो कार्यक्रम गर्न लागेको हो । कार्यक्रामबाट उठेको सम्पूर्ण रकम भुकम्प पीडितहरुका लागि खर्च गरिने पासापुँच बेल्जियमका अध्यक्ष्य चिज कुमार श्रेष्ठले जानकारी गराएका छन ।

Leave A Reply

Your email address will not be published.