नेपालीवेभ द्वारा नुवाकोटमा राहत बितरण

0

भोला लामिछाने

आफ्नो परिवार ,आफन्तहरू तथा देशलाई चटक्ट छाडेर यूरोपमा रोज़ी रोटीको लागी पुगेका मनकारी युवाहरूले आफ्नो ब्यस्तताको बाबजुत पनि नेपाली वेभ मासिक छापा पत्रिका यूरोपमा संचालनमा ल्याएर आफ्नो छुट्टै पहिचान बनाई सकेका छन । तिनै युबाहरुको समुहले भुकम्प गएको महिनौ वित्दा पनि राहत सामग्री त परै जाओस् अझसम्म कोही पनि नपुगेका नुवाकोटको एक गाउमा राहत सामाग्री बितरण गरेका छन ।

प्रवासको ब्यस्तता र बाध्यता हुदाहुदैको अवस्थामा पनि वैशाख १२ मा मुलुकमा गएको महा विनासकारी भुकम्पले क्षतविक्षप्त पारेको दृश्यले सम्पूर्ण नेपाली वेभ टिम भावबिहल भै तत्काल सहयोगका लागी यूरोपका विभिन्न देशबाट प्रतिनिधिहरूको जमात तत्कालै स्वत स्फूर्त आर्थिक सहयोग संकलनमा जुटेको थियो ।

नेपाली वेभ टिमले छोटो समयमै आर्थिक संकलन लगत्तै नेपालका भुकम्पले अती प्रभावित स्थानहरूको स्थलगत अवलोकन गर्दै राहत वितरण कार्यलाई प्रभावकारी रूपमा तिब्रता दियो ।

Leave A Reply

Your email address will not be published.