आफूमाथि बलात्कार हुन खोजेपछि १३ बर्षिया बालिकाले बलात्कारीलाई खुकुरीले हानिन्

0

झापा – आफूमाथि जर्बजस्ती बलत्कार हुन लागेपछि १३ बर्षिया बालिकाले बलात्कार गर्न खोज्ने युवकमाथि खुकुरी प्रहार गरेकी छिन् । झापाको बुद्धशान्ति गाउँपालिकामा बस्ने बालिकाले नै यो घटना सार्वजनिक गरेकी हुन् । बालिकाले खुकुरी हान्दा युवकको टाउकोमा चोट लागेको छ ।

बारम्बार बलात्कारको शिकार भइसकेकी बालिकाले यसपटक भने अत्ति भएर बलात्कार गर्ने युवकमाथि खुकुरी नै प्रहार गरिन् । ती बालिकाकी आमा कामको शिलशिलामा ओमनमा छिन् र दिनभरि बाबु पनि काममा जान्छन् । जसका कारणले लामो समयदेखि बलात्कार गर्ने युवकले बालिकालाई बाउआमालाई मार्ने धम्की दिएका रहेछन् ।

बालिका भन्छिन् ‘तेक्वान्दो खेलाडी हुँ, स्टेप ग्रीन बेल्ट पाएकी छु, मलाई गुरुले सिकाउनु भएको छ, त्यसैले आत्मविश्वास बढेको हो,’ बालिका भन्छिन्, ‘सिरानीमा खुकुरी राखेको थिएँ, छप्काइदिएँ’।’ पटक–पटक पीडा सहेर बस्नुभन्दा मारेर जेल जानु ठीक हुने सोचेर खुकुरी हानेको उनको भनाइ छ ।

बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.