ढाकाको सुकुम्बासी बस्तीमा भीषण आगलागी, १५ हजार घर ध्वस्त

0

बंगलादेशको राजधानी ढाकामा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी भएको छ । आगलागीका कारण ५० हजार मानिस घरबार बिहीन भएका छन् ।

शुक्रबार अबेर राति भएको आगलागीमा चालन्तिका सुकुम्बासी बस्तीका झण्डै १५ हजार घर नष्ट भएको जनाइएको छ । धेरै घरमा प्लाष्टिकको छानो रहेकाले आगो धेरै फैलिएको हो । आगलागीमा परी कसैको ज्यान गएको छैन, तर धेरै मानिस घाइते भएका छन् ।

ती बस्तीमा बस्ने अधिकांश न्यून आय भएको मजदुर रहेका छन् । आगलागीको कारण थाहा हुन सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान जारी छ । आगो निभाउनका लागि अग्नि नियन्त्रकलाई ६ घण्टा भन्दा बढी समय लागेको थियो ।

सरकारले घरबार बिहीन भएकाहरुलाई राहत प्रदान गर्ने बताएको छ । यसअघि गएको फेब्रुअरीमा ढाकाको ऐतिहासिक क्षेत्रमा आगलागी हुँदा ८० जनाको ज्यान गएको थियो ।

यस्तै तटीय सुकुम्बासी बस्तीमा आगलागी हुँदा थप ९ जनाको ज्यान गएको थियो।

तस्बिर : रोयटर्स र एएफपी

Leave A Reply

Your email address will not be published.