सम्झौता कार्यान्वयन नभए सरकार छाड्छौं : यादव

0

गोरखा – समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए सरकार छाड्ने चेतावनी दिएका छन् ।

पार्टीको जिल्ला समिति समायोजन घोषणा कार्यक्रममा सहभागी हुन शनिबार गोरखा पुगेका यादवले पत्रकारहरुसँग कुरा गर्दै सम्झौता कार्यान्वयनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चासो नदिएको आरोप लगाए ।

‘संविधान संशोधनको शर्तमा दुई तिहाइ पुर्‍याइदिन कम्युनिष्ट पार्टीलाई साथ दिएका हौं,’ उनले भने, ‘तर अहिलेसम्म त्यो दिशामा कदम चालेको देखिएन ।’ निर्वाचन प्रणाली, शासकिय स्वरुप लगायतका विषय संशोधन गर्नुपर्ने माग आफूहरुको रहेको उनले बताए । मन्त्री यादवले जनताको अपेक्षा अनुसार वर्तमान सरकारले काम गर्न नसकेको समेत बताए ।

Leave A Reply

Your email address will not be published.