कस्मिरमा आंशिक रूपमा टेलिफोन सेवा सुरू

0

एजेन्सी – भारत प्रशासित कस्मिरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरू गरिएको छ।कस्मिर उपत्यकामा अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत् ‘ल्यान्डलाइन’ सेवामात्र सञ्चालनमा आएका छन् भने जम्मुका पाँच जिल्लामा ‘टुजी’ सेवासहितको इन्टरनेट सेवा

पनि सुरू गरिएको छ। प्रशासनले उक्त क्षेत्रमा विगत १२ दिनदेखि काट्दै आएको सबै टेलिफोन लाइन आइतबार अपरान्हबाट पूर्णतया सञ्चालनमा ल्याउने बताएको छ।

अगस्ट ५ मा जम्मू–कस्मिरलाई विशेष दर्जा उपलब्ध गराएको अनुच्छेद ३७० खारेज गर्ने घोषणा गरिएसँगै सम्पूर्ण सञ्चार सञ्जाल काटिएको थियो।जम्मु कस्मिरका प्रहरी प्रमुख दिलबाग सिंहले भने, ‘बिहानैदेखि उपत्यकाका प्रहरी स्टेसन भएका क्षेत्रमा प्रतिबन्धलाई खुकुलो बनाइएको छ।

यहाँ विगत केहीदिनदेखि अवरूद्ध केही सञ्चार सेवालाई सञ्चालनमा ल्याइसकिएको छ भने केही आइतबार साँझसम्ममा सञ्चालनमा आउनेछन्।’सिंहका अनुसार आइतबार साँझबाट संवेदनशील क्षेत्रहरूमा बाहेक सबै ठाउँमा टेलिफोन एक्सेन्जहरूले काम गर्न थाल्नेछन्।

Leave A Reply

Your email address will not be published.