हङकङमा सरकार विरोधी प्रदर्शन, सीमा क्षेत्रमा चीनले पठायो सेना

0

एजेन्सी – हङकङमा सरकारको विरोधमा भइरहेको प्रदर्शनका कारण हवाई सेवा प्रभावित भएको छ । सोमबारदेखि प्रदर्शनकारीले हङकङ अन्तर्राष्ट्रिय विमानस्थल वरपर प्रदर्शन जारी राखेका छन् ।

प्रदर्शनकारीले विमानस्थल पुग्ने मार्गहरु घेराबन्दी गरेका कारण यात्रु विमानस्थलसम्म पुग्न नसकेको र यसले सेवा प्रभावित भएको जनाइएको छ ।यसैबिच चीनले हङकङको सीमा क्षेत्रमा आफ्ना सुरक्षाकर्मी तैनाथ गरेको छ ।

चीनको सरकारी सञ्चारमाध्यमले प्रकाशित गरेको तस्बिरमा सैनिक तथा प्रहरीको दस्ता सीमा क्षेत्रको शेन्जेन शहरमा पुगेको देखिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सूचनामा चीनले हङकङसँगको सीमा क्षेत्रमा सेना तैनाथ गरेको जानकारी आएको ट्वीटमा उल्लेख गरेका छन् ।

मुख्यगरी विमानस्थलको बाहिरी क्षेत्रमा केन्द्रित भएको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएका खबर पनि छन् । प्रहरीले पेपर स्प्रे प्रहार गरेको जनाइएको छ ।

सरकारले प्रस्ताव गरेको सुपुर्दगी सम्बन्धी विधेयकको विरोधमा सुरु भएको प्रदर्शन दुई महिना भन्दा बढी समयदेखि जारी छ । प्रदर्शन चर्किँदै गएपछि सरकारले विधेयक फिर्ता लिएको भए पनि प्रदर्शन रोकिएको छैन ।

Leave A Reply

Your email address will not be published.