जम्मू – कश्मीर बारे संयुक्त राष्ट्रसंघलाई गुहारेको पाकिस्तानलाई मिल्यो निराशा?

0

एजेन्सी – जम्मू – कश्मीरमा भारत सरकारले पछिल्लो पटक चालेको कदम तथा जारी तनावका बारेमा संयुक्त राष्ट्रसंघको ढोका ढकढक्याएको पाकिस्तानलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्ष राष्ट्रले निराश पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सुरक्षा परिषदको अध्यक्ष राष्ट्र पोल्याण्डले जम्मू–कश्मीरको समस्या द्विपक्षीय वार्ताबाट समाधान गर्नु पर्ने बताएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

भारतले संविधानमा रहेको धारा ३७० निष्प्रभावी घोषित गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा खारेज गरेको थियो ।

पाकिस्तानले त्यसको विरोधमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा अपिल गरेको छ । सुरक्षा परिषदको अध्यक्षता यो महिना पोल्याण्डसँग छ । उसले पाकिस्तानलाई जम्मू–कश्मीर समस्या भारतसँगको वार्ताबाट सुल्झ्याउन सुझाव दिएको खबरमा उल्लेख छ ।

भारतले पनि जम्मू–कश्मीर द्विपक्षीय मामिला रहेको र यसको समाधान द्विपक्षीय रुपमै हुनु पर्ने बताउँदै आएको छ ।

पोल्याण्ड सुरक्षा परिषदको स्थायी सदस्य राष्ट्र भने होइन । भिटो शक्ति सुरक्षा परिषदका पाँच स्थायी राष्ट्रसंघ मात्रै रहन्छ । पाकिस्तानको अपिलका सम्बन्धमा सुरक्षा परिषदको बैठकमा छलफल हुन बाँकी नै छ ।

Leave A Reply

Your email address will not be published.