पृथ्वी नजिकैबाट गयो आकशीय पिण्ड, ठूलो दुर्घटना टर्‍यो

0

काठमाण्डौं – सय तलाको भवनभन्दा ठूलो एउटा आकशीय पिण्ड पृथ्वीमा झर्ने खतरा हालका लागि टरेको छ । वैज्ञानिकहरु यो पिण्ड पृथ्वीमा खस्ने सक्ने भन्दै चिन्तित थिए । यो पीण्ड आइफल टावरभन्दा ठूलो थियो ।

१० हजार ४ सय माइल प्रति घण्टाको दरले अन्तरिक्षमा घुमिरहेको उक्त आकशीय पिण्ड शनिबार पृथ्वी नजिकैबाट गएको हो । पृथ्वीदेखि ४.६ मिलियन माइलको दूरीमा हुँदै उक्त पिण्ड आफ्नो कक्षमा गएको थियो । यो ४.६ मिलियन माइल दूरी अन्तरिक्षमा धेरै नजिकको हो । भिडियो फुटेजमा १.८६० किलोमिटर व्यास भएको उक्त आकशीय पीण्ड पृथ्वीको नजिक हुँदै गएको थियो ।

यो आकशीय पिण्डको नाम २००६ क्यूक्यू२३ (2006 QQ23)रहेको छ, सन् २००६ को अगस्टमा यो पिण्डको पहिचान भएको थियो । यो घटनापछि विश्वका वैज्ञानिकहरुले पृथ्वी धेरै ठूलो दुर्घटनाबाट जोगिएको बताएका छन् । उनीहरुले यदि उक्त आकशीय पिण्ड पृथ्वीमा ठोक्किएको भए त्यसको प्रभाव कुनै आणविक बमभन्दा ५ सय गुणा बढीले हुने थियो ।

अमेरिकी अन्तरिक्ष संस्था (नासा)का अनुसार उक्त पिण्ड पृथ्वमा खस्दा एउटा सहरलाई पुरै ध्वस्त पारिदिन्थ्यो । यसको असरले कम्तीमा १३ लाख मानिसहरुको ज्यान जान सक्ने नासाले उल्लेख गरेको छ ।

नासका निर्देशकसमेत रहेका जिम ब्रिडेन्साटाइनले यस्ता आकशीय पिण्ड पृथ्वीमा खस्न सक्ने खतराहरुको बारेमा यसअघि नै आफूहरुले सचेत गराएको बताएका छन् ।

आकशीय पिण्डहरु पृथ्वीमा ठोक्किँदा प्रलय गएको इतिहास छ । ६ करोड ६० लाख वर्ष अघि आकशीय पिण्ड खसेकै कारण पृथ्वीमा महाप्रलय गएको थियो । जसका कारण डाइनोसोर जस्ता जीवहरु हराएर गए । आकशीय पिण्ड पृथ्वीमा ठोक्किन सक्ने जोखिमलाई मध्यनजर गर्दै नासाले पछिल्लो समयअनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.