सोनिया गान्धी बनिन् काँग्रेस अध्यक्ष

0

नयाँ दिल्ली \ एजेन्सी – हालै सम्पन्न आम निर्वाचनमा नराम्रो पराजय भोगेपछि भारतको सबैभन्दा पूरानो दल काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले अध्यक्षबाट राजीनामा दिएपछि शुरु भएको नयाँ अध्यक्षको खोजी शनिबार समाप्त भएको छ ।

शनिबार काँग्रेस केन्द्रीय कार्यासमितिको बैठकले राहुलकी आमा पूर्व अध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्षमा चयन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । राहुलको राजीनामापछि नेहरु–गान्धी परिवार बाहिरबाट अध्यक्ष बनाइने चर्चा चले पनि सोनियालाई पार्टीको नेतृत्प सुम्पिएको हो । सोनिया यसअघि पनि पार्टी खराब स्थितिमा भएपछि १९९८ मा काँग्रेसको अध्यक्ष बनेकी थिइन् ।

सबैभन्दा लामो समय अध्यक्ष रहेकी सोनियाले गत वर्ष पद त्याग गरेकी थिइन् । त्यसपछि उनका छोरा राहुल अध्यक्ष बनेका थिए । तर, लोकसभा निर्वाचनमा पार्टीले खराब प्रदर्शन गरेपछि राहुलले नैतिक जिम्मेवारी लिँदै गएको मे २५ मा अध्यक्षबाट राजीनामा दिने घोषणा गरेका थिए ।

यद्यपी राहुललाई आफ्नो राजीनामा फिर्ता लिए सोही दिनदेखि गरिएको प्रयास शनिबारसम्म जारी रह्यो । शनिबार पनि राहुललाई अध्यक्षबाट राजीनामा नदिन काँग्रेस नेताहरुले आग्रह गरेका थिए । तर, राहुल राजीनामाको आफ्नो धारणामा अडिग रहे ।

Leave A Reply

Your email address will not be published.