तान्जानियामा ट्याङ्कर विष्फोट हुँदा कम्तीमा ६० काे मृत्यु

0

एजेन्सी – अफ्रिकी राष्ट्र तान्जानियामा शनिबार इन्धन बोकेको ट्याङकर विष्फोट हुँदा  कम्तिमा ६० जनाको मृत्यु भएको छ भने ७० जना भन्दा बढी घाईते भएका छन् ।

प्रहरीका अनुसार ट्याङकर अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।

पल्टिएको ट्याङकरबाट इन्धन आफ्नो सवारी साधनमा हाल्न सयौँ मान्छे जम्मा भएका थिए । सोही समयमा पल्टिएको ट्यांकर विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उक्त विष्फोटपछि मानिसहरुका शव टाढा – टाढासम्म छरिएका थिए ।

स्थानीय प्रहरीका अनुसार विष्फोट तान्जानियाको मोरोगारो शहरमा भएको हो। यो बन्दरगाहाबाट इन्धन आसार्ने एक प्रमुख मार्ग भएको बताइएको छ। साथै यो क्षेत्र अत्यधिक मात्रामा इन्धन चोरी हुने क्षेत्र भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.