अफगानिस्तानमा शक्तिशाली बम बिस्फोट, कम्तिमा १४ जनाको मृत्यु

0

एजेन्सी – अफगानिस्तानको राजधानी काबुलमा रहेको एक प्रहरी चौकीको बाहिरी क्षेत्रमा बम बिस्फोट हुँदा कम्तिमा १४ जनाको ज्यान गएको छ । घटनामा झण्डै १५० जना घाइते भएका छन् ।

बिस्फोटका कारण आसपासका भवन ध्वस्त भएका छन् । घाइतेमा अधिकांश सर्वसाधारण नागरिक छन् । तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ । तालिबान र अमेरिकाबिच शान्ति वार्ता जारी रहेका बेला आक्रमण भएको हो ।

जारी शान्ति वार्ताको उद्देश्य झण्डै १८ वर्षदेखि जारी हिंसा अन्त्य गर्ने रहेको छ । दुवै पक्षले वार्ता सकारात्मक रहेको बताएका छन् । तर यहिबिचमा बम बिस्फाट भएको हो ।

आक्रमणमा कार बम प्रयोग भएको अफगानिस्तानको गृह मन्त्रालयले बताएको छ । तर तालिबानले भने आफूले ट्रक बम प्रयोग गरेको दाबी गरेको छ ।

Leave A Reply

Your email address will not be published.