युवा वर्गमा बढदो भ्रष्ट मनोवृती ! कुन्दन कुमार झा

0

कार्यकारी निर्देशक मानवबिकास केन्द्र, प्रदेश २

जनकपुरधाम – युवा वर्ग राष्ट्र निर्माणको एक महत्त्वपूर्ण अंग हुन् तर नेपाल भित्र बढदो बेरोजगारी र शसक्त जनशक्ति पलायनले यो समूह कमजोर भएका छन् ।

शिक्षामा गुणस्तर अभाव र युनिभर्सिटी डिग्री एक समाजिक ढाल सम्म मात्र सिमित भएकोले युवाहरुमा नकारात्मक गुणहरु देख्न थालिएको छ । कमजोर समाजिक र राजनितिक परिवेशले यो वर्गलाइ प्रयोगको पात्र बनाएको छ । जहाँ समाजले व्यक्तिलाई अर्थको आधारमा मुल्याकंन गर्ने चलन छ त्यहाँ युवा वर्ग पैसा कमाउन गलत काम गर्न बाध्य हुन्छन् । राजनितिकर्मिले झन यो वर्गलाई आफ्नो सुरक्षा निमित्त प्रयोग गर्दै आएको छ ।

बेरोजगार रहेको युवा बर्ग आफ्नो भविष्य सुरक्षीत गर्न यिनै राजनितिक दलालहरु समक्ष खुट्टा टेकेर बस्न बाध्य भएका छन् । नेपाली समाज भित्र राजनीति समाज परिवर्तन निमित्त नभएर रोजगारीको माध्यम भएको छ । युवा वर्ग भ्रष्ट राजनितिकर्मि समक्ष आफ्नो सम्पुर्ण समर्पित गर्छन् र फलस्वरुप राजनितिकर्मिहरुको जालो मा फस्छन। नेताहरुले आफ्नो काममा सहयोग गरेको बापत यो वर्गलाई विभिन्न उपभोक्ता समिती र निर्माण कार्यमा प्रयोग गर्ने चलन छ । यसरी यो वर्ग नेताहरु सङ्ग मिलेर विकास निर्माणको काममा भ्रष्टाचार गर्छन् र देश र समाजको भौतिक अवस्थामा कहिले परिवर्तन हुँदैन ।

दक्ष र शिक्षित युवा वर्ग नैतिकरुपले भ्रष्ट छन् । यो समूह आफ्नो स्वार्थ पुरा गर्न विभाजित भएर उभिएको देखिन्छ । पत्रकार दल र नेता द्वारा संचालित छन् भने विषयगत विद्वान राजनितिक पार्टी र नेताको प्रवक्ता बनेर बसेका छन् ।

अहिलेको यो अवस्था देख्दा हाम्रो देशको राजनैतिक वा सामाजिक परिवर्तनको बाटो अझै असपष्ट नै देखिन्छ । देश परिवर्तनको संवाहक मानिने शिक्षित र दक्ष युवा बर्ग नै नैतिक रुपमा भ्रष्ट हुनुले हाम्रो आगामी बाटो र समग्र देशको भबिष्यको बाटो असपष्ट र धुमिल हुँदै गएको छ । भने तराई मधेसका धेरै युवाबर्ग लागुऔषधको कुलतमा फसेको दृष्ट्रान्त देखिन्छ । यस बाट युवा बर्गलाइ कसरी बाहिर निकाल्ने भन्ने स्पष्ट योजनाको अभाव छ ।

यी र यस्तै निराशाजनक अवस्थामा हामी जस्ता सचेत, शिक्षित र दक्ष युवाको भुमिका राष्ट्र र समाजको लागि अझै बढेर गएको अनुभुती हुन्छ । यदि साँच्चै हामी राष्ट्र, समाज र देशको लागि केही गर्ने हो भने हामी आ – आफ्नो ठाउँबाट जे सक्छौ, जति सक्छौ त्यसमा ईमान्दारपुर्वक आफ्नो भुमिका निभाउनु अहिलेको आबश्यकता हो ।

Leave A Reply

Your email address will not be published.