रोमवासी नेपालीहरुले आयोजना गरे श्रद्धान्जलि सभा

0

चारदिशा सम्वाददाता,रोम।

नेपालमा गएको भुकम्पमा परि दिवंगत भएका नेपालीहरुको सम्झनामा नेपाली समाज रोमले आइतवार एक श्रद्धान्जली सभाको आयोजना गरेको छ। शहरको मध्यभागमा अवस्थित भिक्टोरियो पार्कमा उपस्थित सयौ नेपाली तथा इटालियनहरुले दिप प्रज्वालन गर्दै मृतकहरुको आत्माको चीर शान्तिको कामना गरे।

इटालीका लागि नेपाली कन्सुलर पाओलो नुगारीले भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै नेपालीहरुको यस दुखद घडिमा आफू साथ रहेको वताए। नेपालीहरुलाई नजिकवाट सहयोग गर्दै आएका उनले आफ्नो तर्फवाट गर्न सकिने सवै किसिमको सहयोगको विश्वस्त रहन आग्रह गरे।

नेपाली समाज रोमका अध्यक्ष देव गुरुङले दिवंगत नेपालीहरुको आत्माको चीर शान्तिको कामना गर्दै यस दुखद क्षणमा सवैको सहयोग र साथको आवश्कता रहेको वताए।

नेपाली समाज रोमले भुकम्प पिडितको सहयोगार्थ रकम संकलन गर्दै आइरहेको छ।

स्मृतिसभामा उपस्थित नेपालीहरुले घाइते तथा भुकम्प प्रभावितहरुको शिघ्र स्वास्थ्यलाभ र व्यवस्थापनको कामना गरे। मृतकहरुको चीर शान्तिको कामना गर्दै वुद्ध धर्मगुरु दाम्चे लामा तथा पन्डित रामहरी शास्त्रीले वौद्ध तथा हिन्दू वैदिक विधिअनुसार प्राथना गरेका थिए। यस अघि मृतकहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।

 

11127903_799046610164040_2261256057472935991_o11255798_10204726746348787_518124044061465936_o11053269_799046530164048_3963505704794298293_o

Leave A Reply

Your email address will not be published.