टप मोडेल वेल्जियम प्रतिस्पर्धाको मैदानमा उक्लँदै नेपाली मोडेल योगिता

0

चारदिशा सम्वाददाता।

वेल्जियमको लिएजमा वसोवास गर्दै आइरहेकी नेपाली मोडल योगिता थापा टप मोडेल वेल्जियम सिनियर २०१६ प्रतियोगितामा छानिएकी छिन्।  आयोजकले प्रत्येक वर्ष वेल्जियम निवासी महिला प्रतिस्पर्धीहरु वीचवाट सफल मोडलहरु छनौट गर्ने गर्दछन्।

हालसम्मको प्रतियोगितामा  टप मोडेल वेल्जियम सिनियरले आयोजना गर्ने उक्त प्रतियोगिताको सेमिफाइनल सम्म पुग्ने थापा पहिलो नेपाली हुन्। सेमिफाइनल सम्म पुग्न उनले आफ्नो कार्यक्षमता र मोडलिङ कौशल देखाइसकेकी छिन्।

प्रतियोगितामा पहिलो र दोश्रो चरणको प्रतिस्पर्धामा निर्णायक मण्डलीवाट छनौट गरिएको थियो भने सेमिफाइनलमा भने प्रतिस्पर्धीहरुलाई भोटिङ गर्ने व्यवस्था गरिएको छ। थापालाई भोटिङ गर्न वेल्जियमवाट  ३५६५ मा TMBC507 लेखि एसएमएस पठाउनुपर्नेछ भने फ्रान्सवाट TMBC507 लेखि 81013 मा म्यासेज पठाउनुपर्नेछ।  यसै गरी   लक्जेम्वर्गवाट  TMBC507  लेखि  64747 मा म्यासेज पठाउनुपर्नेछ।

योगिता थापालाई समर्थन र सहयोग पुर्याउन आगामि जुन ५ सम्ममा भोटिङ गरिसक्नुपर्नेछ। यदि उनी सेमिफाइनलामा छनौट भएमा २०१६ मा हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछिन।

मोडल थापाले गत वर्ष ओमविक्रम विष्टले गाएको लोकप्रिय आवाज देउ लगायतका  लोकप्रिय म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्।

11112969_10153413192552868_2154404647964512644_o

Leave A Reply

Your email address will not be published.