व्रसेल्समा गरियो भुकम्प पिडितको सम्झनामा स्मृतिसभा

0

नेपालमा गएको महाभूकम्पमा परी आफ्नो ज्यान गुमाउने नेपालीहरूको आत्माको चीर शान्तिको कामना गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभ तथा पिडितहरु सबैलाइ उचित राहत मिलोस् भनि गत १० मे आइतबारका दिन एनआरएन ए बेल्जियम ब्रसेल्स क्षेत्रीय समितिको आयोजनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली दुताबास बेल्जियम तथा बेनेलक्स का महामहिम राजदुत राममणि पोख्रेल तथा गैर आवासीय नेपाली संघ बेल्जियम का अध्यक्ष प्रेम गुरुङ ले भूकम्प बाट ज्यान गुमाएका हरुप्रति श्रद्धाञ्जली मन्तब्य राख्दै दीप प्रज्वलन गरेका थिए । साथै उक्त दीप प्रज्वलन कार्यक्रमा गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद की महिला उपप्रमुख रजनी प्रधान सहित ब्रसेल्स बासी नेपाली हरुको सामुहिक उपस्थिति सहित दीप प्रज्वलन गरिएको थियो ।

तस्वीर- एनआरएनए वेल्जियम।

Leave A Reply

Your email address will not be published.